माओवादी नेता श्रेष्ठ सुटुक्क बालकोट पुग्दा मुलुकको राजनीतिमा नयाँ चरङ्ग !

राजनीति समाचार

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर राजनीतिक वृत्तमा चर्चा र बहस भइरहँदा आमनिर्वाचनको एजण्डाले प्रवेश पाएको छ । यस सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा छलफलसम्म भएको प्रचण्डको अभिव्यक्तिले संकेत गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट उत्साहित बन्न पुगेका प्रधानमन्त्री देउवा आगामी कात्तिक २७ गते नै एकैचारणमा आमनिर्वाचन र प्रदेश निर्वाच गर्ने पक्षमा छन् । यससम्बन्धमा निर्णय भने निर्वाचन आयोगका आयुक्तिहरुसँग छलफल गरेर अमेरिका प्रस्थान गर्नुअगाडि नै मिति तोक्ने पक्षमा प्रधानमन्त्री देउवा पुगेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर गठबन्धनका दलहरुमा विवाद उत्पन्न हुन थालेको छ । सत्तारुढ लोकतान्त्रिक–वामपन्थी गठबन्धनका विपक्षमा बहससमेत हुन थालेकाले प्रधानमन्त्री देउवा चाँडै आमनिर्वाचनको मिति तय गरेर गठबन्धनसम्बन्धी विवादलाई शान्त पार्दै मुलुकको राजनीतिलाई आमनिर्वाचनतिर मोड्ने लागेका छन् ।

सम्पन्न आमनिर्वाचनको परिणामबाट गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी सन्तुष्ट छैनन् । उनीहरुले गठबन्धनको मान्यता अनुसार कांग्रेस र माओवादीले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । त्यसैगरी सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको भूमिकालाई गठबन्धनका अन्य दलहरुले आपत्ति प्रकट गरिरहँदा मुलुकको राजनीतिमा गठबन्धनलाई लिएर अर्को चर्चाले प्रवेश पाएको छ ।

एकपक्ष अहिलेको गठबन्धनलाई निरन्तरता दिएर आमनिर्वाचनसम्म जानुपर्छ भन्ने पक्षमा देखिएको छ भने अर्को लोकतान्त्रिक शक्ति मात्र सम्मिलित गठबन्धन बनाउनुपर्नेमा देखिएको छ ।

उता सम्पन्न स्थानीय निर्वाचनमा नसोचेको परिणाम भोगेको प्रतिपक्ष नेकपा एमाले अहिले सरकारमा रहेका दलहरुको गठबन्धन तोडेर वामपन्थी शक्ति मात्र सम्मिलित अर्को गठबन्धन बनाउनुपर्ने कसरतमा अगाडि बढ्न थालेको छ ।

यस विषयमा गत सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचमा ओली निवास बालकोटमा भएको वार्तालाई र केही दिन यताबाट यो गठबन्धनप्रति आक्रमक हुँदा वामपन्थी गठबन्धनको मुलुकमा आवश्यकता रहेको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको भनाइलाई राजनीतिक क्षेत्रले महत्वका साथ लिएको छ ।

अहिले गठबन्धनका सबै दल र प्रमुख प्रतिपक्ष नेकपा एमाले आगामी मंसिरको पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन सम्पन्न गरिसक्नुपर्नेमा देखिएका छन् । अब हुनलागेको आमनिर्वाचनमा कुनै पनि दल एक्लै चुनावी मैदाने उत्रने पक्षमा देखिएका छैनन् । त्यसरी मुलुकको एउटा राजनीतिक शक्ति अहिले यो गठबन्धनलाई जसरी पनि आमनिर्वाचनसम्म लैजानुपर्ने पक्षमा छ ।

अर्को पक्ष भने यो गठबन्धनलाई भत्काएर वामपन्थी शक्ति मात्र सम्मिलित गठबन्धन बनाउनुपर्ने तर्क अगाडि सारेर लागेको छ । उता गठबन्धनको एउटा घटक जनता समाजवादीको विवाद अहिले विभाजनको संघातिर पुग्नथालेको छ । एकीकृत समाजवादीमा बढेको विवादले विभाजनको नियती ल्याउन सक्ने र त्यसले सरकारले प्राप्त गरिराखेको बहुमतको स्थितिलाई असर पार्ने सम्भावना देखेर प्रधानमन्त्री देउवा यतिखेर महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई सरकारमा समावेश गराएर सरकारलाई बहुमतकै स्थितिमा कायम राख्ने कसरतमा जुटेका छन् ।

सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले निर्वाह गरेको भूमिकाप्रति एकीकृत समाजवादी र जनता समाजवादीले असन्तुष्टी व्यक्ति गरिरहँदा र गठबन्धनकै सम्बन्धामा प्रश्न उठाइरहँदा माओवादी केन्द्रका प्रचण्डले भने आफ्नो पार्टीको पत्ता खोलिसकेका छैनन् ।

तर, गत सोमबार माओवादी नेता नारायणकाजी श्रेष्ठ निवासमै पुगेर एमालेका अध्यक्ष केपी ओलीसँग लामो भेटवार्ता गर्नुलाई राजनीतिक क्षेत्रले ठूलो महत्व दिएको छ । स्मरण रहोस् आमनिर्वाचन सम्पन्न भएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली एकअर्काप्रति नरम हुने गरेको महसुस सबैले गर्न थालेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले गत आइतबार सार्वजनिक सभामा ‘घमण्ड गरे कांग्रेसलाई पनि एमालेकै हालतमा पु¥याइदिने’ भनेर दिएको चेतावनीलाई राजनीतिक क्षेत्रले महत्वपूर्ण मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *