काठमाडौं । २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट ६१७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह निर्वाचित भएका थिए । उनै शाह काठमाडौंको मेयरमा निर्वाचित भएपछि काठमाडौंवासीले के के न पाएझैं गरेर खुसी मनाएका थिए । कांग्रेस र एमालेका असन्तुष्ट मतदातादेखि साना व्यवसायी हुँदै स्वतन्त्र विचार राख्न र सुकुम्वासीको भोटबाट काठमाडौंको मेयरमा निर्वाचित भएपछि बालेनले उनीहरुलाई खेद्ने काम गरे ।
मेयर बालेनले ती भोटरहरुलाई व्यवसायबाट बिमुख मात्रै बनाएनन् उठीवास नै लगाउने काम गरे ।साना व्यापारीहरुलाई उठिवास लगाएपछि सहकारी संस्थानहरु विस्तारै टाँट पल्टिँदै गए । सहकारीका निक्षेपकर्ताले पैसा जम्मा गर्र्नेे स्रोत नभएपछि सञ्चालकहरु भागाभाग हुन पुगेका थिए ।
त्यसको असर अहिले अर्थतन्त्रमा परिरहेको छ । मेयर बालेनकै कारण स–साना व्यापारीदेखि ठुला व्यापारीहरुको समेत उठिबास हुन पुग्यो । त्यसले गर्दा अर्थतन्त्र कमजोर बन्दै गइरहेको छ । व्यापारीको भागाभागको स्थिति सिर्जना भएको छ । मेयर बालेनले काठमार्डौंमा व्यापार व्यवसायी गर्ने फुटफाटलाई हटाउँदा उनीहरुको रोजीरोटी नै खोसिन पुगेको थियो ।
मेयर बालेनले नेतृत्व गरेको साढे दुई वर्षमा देशै नै खरानी बनाइदिए । बालेन मेयरमा निर्वाचित भएपछि उनले गरेको काम काठमाडौंको फोहोरलाई केही व्यवस्थापन गरेका थिए भने सडक र पार्किङमा पनि केही मात्रामा व्यवस्थापन गरेका थिए । तर, उपत्यकाभित्रको नेवारी संस्कार, धर्म संस्कृतिमाथि कुठाराघात गर्ने काम गर्दै आएका थिए ।
हुँदाहुँदा संघीय सरकारलाई सिंहदरबारबाट अन्यत्र सार्न समेत धम्की दिनुका साथै सिंहदरबारमै आगो लगाइदिने अभिव्यक्ति दिँदै आएका थिए । नभन्दै गत भदौ २३ गतेको जेनजी पुस्ताको आन्दोलनलाई उक्साएर २४ गते सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत सम्पूर्णमन्त्रालय र सरकारी संरचनाहरु ध्वस्त बनाउने काम गरेका छन् । यस्ता देशद्रोही मेयर शाहलाई उपत्यकावासीहरुले कानूनी कठघरामा उभ्याउनुपर्ने महसुस गर्न सर्वसाधारणले गर्न थालेका छन् ।
हिजोका दिनमा दलहरुविद्रोह गरी स्वतन्त्रबाट निर्वाचित भएपछि काठमाडौंमा ‘वाह वाही’ कमाएका शाहले तिनै मतदाताहरुलाई अहिले निराशा बनाएका छन् । मतदातालाई निराशा मात्रै बनाएका छैनन् काठमाडौंमा बसेर व्यापार, व्यवसाय गर्नेहरुलाई समेत तड्पाउने काम मेयर बालेनले गर्दै आएका छन् ।
देशको राजधानी काठमाडौं महानगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित शाहले देशलाई नै भड्खालोमा पु¥याउने काम गरिरहेका छन् ।
त्योसँगै शाहले सामाजिक सञ्जालमा राजनीतिक दलका शीर्ष नेताहरुदेखि अन्य प्रतिष्ठित पदमा बसेका व्यक्तिहरुलाई समेत गालीगलौज र अपमानजनक शब्द प्रयोग गरी मानमर्दनको धज्जी उडाइरहेका छन् । देशै जलाएको आरोप लागिरहँदा त्यसको पछुताउ नगरी उल्टै सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर शीर्ष नेता र देशको बदनाम गरिराखेका छन् । उनको त्यो हर्कतले काठमाडौंवासीहरु बालेनलाई भोट दिएकोमा पछुताउन गर्त थालेका छन् ।
