काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार चार सय ५५ कैदीबन्दी पक्राउ परेका छन् ।
जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार चार सय ५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको हो । अझै १२ हजार ८ सय ५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका पाँच सय ७३ थुनुवा फरार भएका छन् ।

