जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड

विविध समाचार

काठमाडौं । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ।

सेनाको मुख्य गेटबाहिर सयौँ जेनजी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा भएका छन् ।अहिले जेनजीले ७३ वर्षकी सुशीला कार्कीलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गरिरहेका छन् । अर्कातिर नेपाली सञ्चारकर्मीले भारतीय सञ्चारकर्मीविरुद्ध पनि नाराबाजी गरेका छन् । जेनजीले युवा पुस्ताबाटै प्रधानमन्त्री चाहिने जिकिरसहित चर्को नाराबाजी र वादविवाद गरिरहेका छन् ।
जेनजी र पत्रकारको ठूलो भिड जम्मा भएपछि बुधबार रातिकै शैलीमा अहिले पनि सेनाले माइकिङ गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *