काठमाडौं । देशमा २०७२ सालको संविधान जारी भएपछि तीन तहको सरकार सञ्चालनमा रहेको थियो ।
संघ, प्रदेश र स्थानीय सरकार बनेता पनि स्थानीय तहमा स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनीधीहरुले केही काम गरेतापनि केही जनप्रतिनिधीहरुले देशमा हिंसा भड्काउने काम गर्दै आएका छन् । यस्ता जनप्रतिनिधीहरुले देश र जनताको हितमा काम गर्नुपर्नेमा उल्टै त्यस्ता जनप्रतिनिधिहरुले देशलाई असहयोग गर्ने काम गर्दै आएका छन् । त्यसको उदाहरण लिन सकिन्छ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई ।
बालेनलाई जिताउने काम विदेशमा बस्ने युवायुवती देखि नेपालमा रहेका अशिक्षित वर्ग, लागूपदार्थ सेवन गर्ने र कुलतमा फस्ने देखि यौन हिंसामा लाग्नेहरुको जमतले स्वतन्त्र व्यक्ति बालेन साहलाई विजय गराएका थिए । त्यसको परिणाम अहिले काठमाडौ महानगरपालिकाले भोग्दै छ । बालेन साहाले महानगरपालिकालाई केही राम्रो काम गरेर देखाएता पनि राजनितिक दलहरुलाई आफ्नो फेसबुक स्टाटसमा र सामाजिक सञ्जाल मार्फत मनपरी लेख्ने र नेताहरुलाई गाली गलौज गर्नेदेखि जेनजी पुस्ताहरुको नाममा लोकप्रियता कमाउउन सफल भए । त्योसँगै काठमाडौंको सिंहदरबार अन्यन्त्र सार्न दबाब दिँदै आएका थिए । तर, मेयर बालेनले बोलेको शब्द बेकार भएको छ ।
जेनजी पुस्ताहरुले आन्दोलन गरीरहेको अवस्थामा उनीहरुलाई स्वास्थ्य र खानेपानीको व्यवस्था गरिदिँदा उनी चर्चाको शिखरमा पुगेका थिए । तर, जेनजी पुस्ताहरुको नाममा सिंहदरबार जलाउने देखि दलहरुको घर जलाई रहँदा काठमाडौंका मेयर बालेन साहले जेनजी पुस्ताहरुलाई संयम भएर आन्दोलन गर्न र भौतिक संरचना नष्ट नगर्न आदेश समेत दिन सकेनन् । बालेन साह स्थानीय सरकार हुन् । सिंहदरबार जलिरहँदा स्थानीय सरकारले दमकल प्रयोगगरी आगो नियन्त्रण गर्नुपर्नेमा सो आगो नियन्त्रण गर्ने काम समेत मेयर बालेनले गर्न सकेनन् ।
बालेन साह कै कारण सिंहदरबारमा भौतिक संरचनादेखि नेपाल सरकारको आधिकारीक विवरणदेखि महत्वपूर्ण कागजात जलेर नष्ट हुँदा मेयर बालेनले आगो नियन्त्र नगर्नु ले ‘दाल मे कुछ काला हे’ भने जस्तै भएको छ । किनकी काठमाडौं महानगरपालिका आर्थिक हिसाबले मजबुत र नगर प्रहरी भएको कारणले पनि देशमा आइपर्ने समस्याको समाधान गर्न सक्ने हैसियत काठमाडौं महानगरपालिकाले साख्नुपर्ने थियो । तर, त्यो काम काठमाडौं महानगरपालिकाले गर्न सकेन उल्टै जनता भड्काउने र नेपाल सरकारको महत्वपूर्ण कागजात जलाउने काम गरेको छ । अझैंपनि सिंहदरबारमा र सर्वोच्च अदालतमा धुवाको मुस्लो निस्किरहेको छ । तर, काठमाडौं महानगरपालिकाले अदालतको भौतिक संरचना ध्वस्तहुँदा समेत मेयर बालेनले वास्ता नगर्नु नै मेयर साह देश घाति हुन् भन्ने कुरा प्रष्ट भएको सर्वसाधरणको भनाइ छ।

