काठमाडौं । जेनजी पुस्ताहरुले गरेको आन्दोलनमा राजनितिक घुसपेठ हुँदा देशले ठूलो क्षति व्यहार्नु परेको छ ।
जेनजी पुस्ताहरुले माइतीघर मण्डलामा भेलाभएर सरकारको बिरोध गरिरहेका थिए । तर, केही लठैटहरुको भिडले एक्कासी बानेश्वरको संसद भवनमा पुगेर तोडफोड र आगजनी गर्न खोजेपछि सुरक्षा निकायले गोली चलाउँदा केही विद्यार्थीहरुको मृत्युहुन पुगेको थियो । त्यसैको निहुँ बनाएर देशमा आगजनी र भौतिक संरचना भत्काउने र नेपाल सरकारको महत्वपूर्ण सरकारी कार्यालयहरुमा आगजनी गर्ने काम गरेका थिए ।
त्यसले गर्दा नेपाललाई ठूलो क्षति पु¥याएको छ । त्यो सँगै राजनितिक दलका नेताहरुको घरमा आगजनी गर्ने र आगो लगाउने जस्ता हर्कत गरेर नेपाली समाजलाई भड्काउने काम जेनजी पुस्ताहरुको नाममा अपराधिक गतिविधी गर्नेहरुले देशमा उदण्ड मच्चाएका थिए । त्योसँगै सुरक्षाकर्मी माथि आक्रमण गर्ने र भौतिक संरचना आगजनी गरी नष्ट पारिएको छ । त्यसैले गर्दा आम सर्वसाधरण नेपालीहरु दुखी बनेका छन् । सुरक्षा निकायहरुले पनि आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिन सकेका थिएनन् । किनकी सशस्त्र प्रहरी, नेपाल प्रहरी, गुप्तचर लगायतका सुरक्षा निकायहरुले समन्वय कार्य भूमिका नहुँदा देशले ठूलो जनधनको क्षति व्यहोर्न परेको छ । यति ठूलो क्षति पुग्नुमा सुरक्षा निकायहरुको कमजोरी भएको अनुमान सर्वसाधरणले गरेका छन् ।
त्यसमा राजनितिक दलका नेताहरुले पनि यस्ता संवेदनशील विषयमा ध्यान दिन नसकेको, सुरक्षाकर्मीहरुलाई परिचालन गर्न नसकेको कारणले ठूलो जनधनको क्षति हुन पुगेको छ ।
