सेटअप बक्स नहुँदा नेपाल टेलिभिजन अलपत्र

राजनीति समाचार

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भए लगत्तै देशमा सुशासन कायम गर्ने, आर्थिक मन्दि कम गर्ने, विकास निर्माणको काम छिटोछरितो ढंगले गर्ने, भ्रष्टाचारलाई शुन्य झार्ने लगायतका भाषण गरेका थिए । प्रधानमन्त्री ओलीको सो भाषण कागजमै सीमित हुन पुगेको छ । जताततै भ्रष्टाचार, विकृति, विसंगति बढेको छ । आर्थिक मन्दी झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले त्यतातिर ध्यान दिन सकेका छैनन् । उल्टै अनावश्यक खर्च बढाएर देश जर्जर अवस्थामा पुगिसकेको छ ।

उता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङ रहेका छन् । गुरुङ सञ्चारमन्त्री रहेतापनि सञ्चार क्षेत्रप्रति हेर्ने दृष्टिकोण उदार देखिँदैन । सञ्चार क्षेत्रभित्र स्वरोजगारमूलक पत्रपत्रिकाहरु बन्द हुने अवस्थामा पुगिसेकेका छन् । त्यतातिर सञ्चारमन्त्री गुरुङले ध्यान दिएका छैनन् । त्यसैगरी सञ्चारमन्त्रालय अन्तर्गत पर्ने रेडियो नेपाल, नेपाल टेलिभिजनको देशैभरी १९ वटा टावर राखिएको छ । सो टावरको लागि वर्षैपिच्छे मर्मत र संभार गर्नको लागि बजेट छुट्याउने गरिन्छ । यसरी सरकारले छुट्याएको बजेट हिनामिना हुने गरेको छ । भूपग्रहमा भने प्रत्येक वर्ष १० करोडभन्दा माथि खर्च हुने गरेको छ ।

सरकारले देशैभरी रहेका १९ वटा टावरमा सेटअप बक्स जडान गर्न नसक्दा १९ वटा टावर राख्नुको कुनै अर्थ छैन । सेटअप बक्स राखिए तापनि सर्वसाधारण जनताले नेपाल टेलिभिजन हेर्नबाट बञ्चित हुनुपरेको छ । टेलिभिजनको टावर मर्मत र सम्भार गर्नको लागि वर्षैपिच्छे करौडौं खर्च हुने गरेको छ । त्यस्तै, भूपग्रहबाट हुने क्षतिको मर्मत गर्न १० करोड भन्दा बढि खर्च भइरहेको छ ।

तर नेपाल टेलिभिजनले देशैभरी सेटअप बक्स राख्न नसक्दा टेलिभिजन प्रसारण हुन सकेको छैन । सरकारले सेटअप बक्सको बारेमा कुनै ध्यान दिइएको पाइँदैन । सेटअप बक्स राख्न नसक्दा देशभरका १९ वटा टावर बिनाकाम अलपत्र परिरहेका छन् । राज्यको भार दिनप्रतिदिन थपिँदै गएको छ । यो त एउटा उदाहरण मात्रै हो । यस्ता अन्य सञ्चार क्षेत्रमा भएका विकृति र विसंगतिका बारेमा सञ्चार मन्त्री गुरुङले ध्यान दिएका छैनन् । उतातिर नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण ध्वस्त हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *