काठमाडौं । पार्टीको १५औं महाधिवशेन आयो, तर केन्द्रीय सदस्य नियुक्ति गर्न बाँकी छन् । विभागहरुले पूर्णता पाएका छैनन् । पार्टीमा वरिष्ठ नेताको पद खाली छ । रामचन्द्रले सुरुमै वरिष्ठ नेता पाए । तर डा.शेखरले १५औं महाधिवेशन हुन एक वर्ष बाँकी छँदा समेत पाएका छैनन् । पार्टीका भेलाहरूमा डाँस शेखरको वरियता नहुँदा जहिले पनि विवाद हुने गर्छ । कांग्रेसमा संस्थापन बलियो हुन्छ, तर विधान मिच्ने अवस्था छैन । कांग्रेसमा उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री डा.शेखर गुटका छन्, तर तिनको लेखाजोखा छैन । सरकारका मन्त्री डा.शेखरका कृषि र पर्यटन हुन् ।
खेलकुदमा रामचन्द्र पौडेलको कोटाका हुन् भने वनमन्त्री उपसभापति पूर्णबहादुरका, ऊर्जामन्त्री डाक्टर शशांकका, स्वास्थ्यमन्त्री कृष्ण सिटौलाका हुन् । नेताको कोटाका मन्त्री नेताकै सेवामा छन् भने सभापतिले समाज कल्याण गृह परराष्ट्र र कानुन लिएका छन् ।
महाधिवेशन एक वर्षपछि धकेल्न मिल्ने विधानको व्यवस्थामा सभापति नै अग्राधिकार प्राप्त छन् । पार्टी सभापतिलाई श्रीमती डा.आरजु राणालाई उपसभापति बनाउने जोड दिएका छन् । महामन्त्री गगन थापालाई नयाँ गुटको खोजी गर्नुछ ।
उनी सभापति देउवासँग जोडिँदा पूर्णबहादुर खड्का बाहेकका डा.प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँडसम्मले शेरबहादुरलाई छाड्ने स्थिति छैन । सरकारले राम्रो काम गरेन डा.शेखर भन्छन् । तर सभापति भन्छन् राम्रो काम हुँदै । यो सरकारको काममा चर्चामा आएकी डा.आरजुको परराष्ट्र सम्बन्ध, प्रदीप पौडेलको स्वास्थ्य रहेको छ । काम नगर्ने, स्वार्थ हेर्नेहरुलाई मन्त्री पदबाट हटाउनुपर्छ भन्ने डा.शेखरलाई कोशी प्रदेशबाट सुरु भएको भेला र जमघट पुस ५ मा सुदूरपश्चिम पुगेको छ । देवाको आधार इलाकामा डा.शेखरको बमबाडीले कांग्रेसभित्र राम्रै हलचल ल्याउने दाबी गरिँदैछ । उनी सुदूरपश्चिमका सबै जिल्लामा पुग्ने भएका छन् ।