सेयर बजार सात अंकले घट्यो, सात अर्ब ९२ करोड रुपैयाँमा कारोबार

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सेयर बजारको अन्तिम दिन सात अंकले नेप्से परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ ।

बिहीबार सो अंकको गिरावटपछि दुई हजार ६ सय ७८ मा कायम भएको छ । अघिल्लो दिन एक अंकले बजार बढ्दा आठ अर्ब ७१ करोडको कारोबार भएकोमा आज सात अर्ब ९२ करोडको भएको छ ।
७६ कम्पनीको मूल्य बढ्दा एक सय ६२ को घटेको छ भने ६ वटाको स्थिर रहेको छ ।गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको मूल्य ६ दशमलव ७७ प्रतिशतले बढेको छ । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता चार सय ८६ रुपैयाँ ६० पैसा पुगेको छ ।

न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्तको चार दशमलव ९, रिभर फल्स पावरको चार दशमलव १० तथा एनएलजी इन्स्योरेन्सको तीन दशमलव पाँच प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *