काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टर्कीमा हुने वार्ताका लागि आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न तयार रहेको बताएका छन् ।
मस्कोले पूर्ण स्तरको आक्रमण सुरु गरेपछिको उनीहरूको पहिलो भेट हुनेछ । जेलेन्स्कीले सोमबारदेखि सुरु हुने ‘पूर्ण र दिगो युद्धविराम’ ले कूटनीतिको लागि आवश्यक आधार प्रदान गर्ने बताएका छन् । तर वार्तामा भाग लिनको लागि यो पूर्वशर्त हुने बारे उनले उल्लेख गरेका छैनन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामी भोलिदेखि सुरु हुने पूर्ण र दिगो युद्धविरामको प्रतीक्षामा छौं, जसले कूटनीतिको लागि आवश्यक आधार प्रदान गर्नेछ । हत्यालाई लम्ब्याउनुको कुनै अर्थ छैन । र म बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु । मलाई आशा छ कि यस पटक रूसीहरूले बहाना खोज्ने छैनन् ।’
यस अघि पुटिनले एक टेलिभिजन सम्बोधन मार्फत युक्रेनसँग पूर्ण र तत्काल वार्ता गर्न प्रस्ताव गरेका थिए । पुटिनले नै टर्कीमा वार्ता गर्ने प्रस्ताव गरेका थिए । पुटिनले भनेका थिए ‘हामी चाहन्छौं कि वार्ता गम्भीर होस् ताकि हामी यस युद्धको जरासम्म पुग्न सकौं र बलियो र दिगो शान्ति स्थापना गर्न सकौं ।’