श्रीलंकालाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा

खेलकुद समाचार

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप २०२५ मा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

भारतको अरुणाञ्चल प्रदेशमा रहेको गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई ५-०‌ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालका लागि पहिलो हाफमा सुजन डंगोल, धर्मेन्द्र कुँवर, सुभाष बम, विज्ञान खड्का र लक्ष्य थापाले एक एक गोल गरेका थिए । यसअघि श्रीलंका भारतसँग ८–० ले पराजित भएको थियो । यो हारसँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । नेपालले एक खेल अगावै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको छ ।

नेपालले १३ मे मा भारतसँग खेल्नेछ यो खेलले समूह विजेता को बन्ने भन्ने टुङ्गो लगाउनेछ । समूह ‘बी’ बाट नेपाल र भारतले सेमिफाइनल खेल्ने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *