सशस्त्र र नेपाल प्रहरीमा भावी आईजीपीमा को ?

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखककै कारण सुरक्षा निकाय फितलो बन्दै गएको छ । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरको जागिरे अवधि सकिँदै गर्दा सरकारले भावी आईजीपी कसलाई बनाउँछ भन्ने यकिन भएको छैन । प्रहरीभित्र विगत लामो समयदेखि आइजीपीको लागि राजनीतिक हस्तक्षेप हुँदै आएकाले अहिले नै एकिन गर्न नसकिएको बताइन्छ ।

टेक बहादुर तामाङ, दीपक थापा र सुदीप गिरीको नाममा चर्चामा रहे तापनि सरकारले कसलाई भावी आईजीपी बनाउँछ भन्ने निश्चित भइसकेको छैन । भावी आईजीपीको लागि यी तीन बाहेक अन्य केही वरिष्ठ प्रहरी अधिकृतहरुको पनि खेलोफड्को सुरु भएको छ । आईजीपी छनोट गर्दा जेष्ठता, क्षेमता र अनुभवको आधारमा गर्नुपर्नेमा राजनीतिक भागबन्डाले गर्दा सिनियरलाई पछि पारेर जुनियरलाई अगाडि बढाउने काम विगतमा नभएका होइनन् । त्यसले गर्दा नेपाल प्रहरीको भावी आईजीपी को बन्छ भन्ने अझै निश्चित छैन ।

त्यसको उदाहरण लिन सकिन्छ सशस्त्र प्रहरी बललाई । सशस्त्रमा सिनियर र अनुभवीलाई पछि पारेर दीपेन्द्र कुँवरलाई बढुवा गरिएको छ । सशस्त्रमा पनि भावी एआईजी गणेश ठाडा मगर र कमल गिरीको दौडधूप सुरु भएको छ । गिरी र मगरसँगै अन्य डिआईजीहरुको पनि एआईजी बन्नको लागि लभिङ सुरु भएको छ । तर, सरकारले मगर र गिरीमध्ये भावी कसलाई एआईजी बनाउँछ त्यो पनि निश्चित भएको छैन ।

त्यस्तै सशस्त्र प्रहरीभित्र भावी आईजीपीको लागि अहिलेदेखि नै वंशीधर दाहाल र नारायणदत्त पौडेलको दौडधुप सुरु भएको छ । अब कांग्रेस र एमाले सरकारले दुवै प्रहरी संगठनभित्र राजनीतिक भागबन्डाको आधारमा आईजीपी छनोट गर्ने हुन् कि जेष्ठता र योग्यताको आधारमा छनोट गर्ने हुन् त्यो हेर्न बाँकी छ । तर, गृहमन्त्रालमा प्रायःजसो कांग्रेसको हस्तक्षेप हुने गरेको छ ।

त्यसमा पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको बढी हैकम चल्ने भएकाले उनकै आदेश अनुसार गृहमन्त्री लेखकले आईजीपी छनोट गर्ने देखिन्छ । गृहमन्त्री लेखक डा. आरजु देउवाकै आदेश अनुसार चल्ने भएकाले पनि गृहमन्त्रालयले कतिपय जिल्लामा सिडियोसम्म खटाउन सकेको छैन । सिडियो खटाउन नसकेकै कारणले गर्दा गृहमन्त्री र सचिवबीच टसल सुरु भएको छ । सिडियो हुनका लागि कतिपय सह–सचिवहरु गृहमा सरुवा भएर आएका थिए उनीहरु सिडियो हुन नपाएपछि रुष्ट बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *