यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले युएईविरुद्ध खेल्दै

खेलकुद समाचार

काठमाडौं । आजदेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता काठमाडौंमा शुरु हुँदैछ ।

नेपालले नै आयोजना गर्ने एशिया छनौट आजदेखि अप्रिल २१ सम्म काठमाडौंमा हुँदैछ । एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। जसमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान रहेका छन् । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दैछन् भने हङकङ र ओमानले प्लेअफबाट छनोट खेल्न आएका हुन् ।

आज दुई खेल हुदै छन् । आज नेपालले युएईसँग खेल्दै छ भने अर्को खेलमा अफगानिस्तान र ओमान खेल्दै छन् । त्यस्तै अप्रिल १४ मा नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसंग खेल्ने छ । त्यस्तै अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसंग खेल्ने तालिका रहेको छ । त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्दैछन् ।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू(१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो । यू–१९ विश्वकपको एशिया छनौट खेल्ने नेपाली टिममा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप–कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन कुमार शर्मा रहेका छन् ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *