काठमाडौं ।वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ ।
शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् । जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ ।
अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति भएको छ । असिनाले गहुँबालीका साथै तरकारी समेत नष्ट गरेको छ। फलफूल, आलु, प्याज, लसुन, खुर्सानी, बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रले यकिन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।