काठमाडौं । लगातारको वर्षाका कारण अवरुद्ध बनेको कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि आज सञ्चालनमा आएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका कन्टेनरहरु नाकामा प्रवेश गरेको छ।
असार २६ गते अवरुद्ध सडक मर्मतपछि केहीबेर चलेपनि पुनःअवरुद्ध भएको सडकलाई मर्मत गरिएको थियो । चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
गत असार २६ गते बिहान ५ बजे कोदारी क्षेत्रमा पर्ने इकु खण्डमा वर्षासँगै माथिबाट आएको पहिरोले सडकको आवागमन ठप्प बनाएको थियो, जस कारण यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।

