काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण गरिएको छ ।
सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ गाउँपालिकाको कृषि शाखाले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको हो । बिरुवा वितरणसँगै सुन्तला लगाइएको क्षेत्रफल पहिला बगैँचा ८५ हेक्टर थियो भने अहिले बढेर ९० पुगेको छ । भने कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो ।
सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ । कार्यालयले सुन्तलाको क्षेत्रफल बिस्तारसँगै नमूना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको कृषि शाखाले जनाएको छ ।

