निजी विद्यालयका सञ्चालक र शिक्षकहरुलाई अभिभावकको काउन्टर

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर दिएका छन् ।

नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सनरएनप्याब्सनले आन्दोलन घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर दिएको हो ।
संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न मिल्दैन । विद्यालय बन्द नगरियोस् । संघले विद्यालय बन्द गरेर गरिने कुनै पनि आन्दोलनप्रति असहमति रहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो हुन नदिन सरोकारवालाको ध्यानाकर्षण पनि गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *