काठमाडौं । नेपाली कांग्रेसभित्र जो संगठनप्रति लगानी गर्दैन, पार्टीलाई वंशजसँग जोड्छ तिनै नेता संस्थापनको नाममा रोइलो गाउँदा झन् विवाद चर्कदैछ । बीपी पुत्र डा. शशांकको कोटामा ऊर्जामन्त्री भएका दीपक खड्का सुरुदेखि नै विवादित भए । विद्युत प्राधिकरणमा आफ्नालाई राखेर नयाँ आयोजनाको पीपीए र सोलार प्लान्टको ठेक्कामा प्राप्त हुने रकम हजम गर्न कुलमान हटाइएको तेस्रो दिन प्राधिकरण बोर्डको अधिकार मन्त्री मातहतमा दिएर प्रधानमन्त्रीले कमाल गरेकै थिए ।
यही बेला नेपाली कांग्रेसमा डा. शेखर, महामन्त्री, गगन थापा र विश्वप्रकाश शर्मालाई शक्ति देखाउन संस्थापन हामी हौँ भन्ने डा.शशांकले गोपालमान, कृष्ण सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.प्रकाश शरण महतलाई लोकतन्त्र दिवस पारेर चियापान गराए । जबकि त्यहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी भएनन् । निर्धारित समयमा महाधिवेशन गर्ने कुरामा उनिहरुले चासो दिँदैनन् । सरकारले राम्रो काम गर्न नसक्दाको अवस्थामा सरकार सञ्चालन कार्यदलकै बैठकमा महामन्त्री गगन थापा र उपसभापति पूर्णबहादुर खड्काको सहभागिता नहुँदा चिन्ता नलिने यो नक्कली संस्थापनलाई क्रियाशील सदस्यताको कामका बारेमा चिन्ता किन भएन ?
जबकि समयमा महाधिवेशन गर्न नसक्ने, सदस्यता वितरण स्वीकृत नगर्ने, गाउँ जिल्ला क्षेत्र र प्रदेश अधिवेशन सम्पन्न गर्न नपर्ने पार्टीलाई आन्तरिक झमेलामा फसाएर संस्थापन र विपक्षीको नाममा भएका विवादले कांग्रेस कांग्रेस जस्तो नभएको कुरा छर्लङ्ग छ । नक्कली संस्थापनले गतिलो सन्देश दिएन । सभापति देउवाको टिमको रुपमा पूर्णबहादुर खड्का, प्रकाश शरण महत, वीरबहादुर बलायर, उदय शमशेर राणा, उमा रेग्मी, रमेश लेखक नारायणप्रसाद साउदहरूको टिम नै हो । तर फाइदा लिने बेला बखत कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधिहरू सभापतिसँग जोडिन्छन् । जो देउवालाई १३ औं र १४ औं अधिवेशनमा नेतृत्वमा ल्याउन अग्रसर थिए । उनीहरूलाई सांसद बनाउने काम देउवाले गरेका हुन् । तर पार्टी अधिवेशनको तयारीका लागि यिनको ध्यान छैन ।