नेपालमा हिन्दूराज्य घोषणा गर्ने तयारी

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलका नेताहरु जब सत्तामा पुग्छन् त्यसपछि विवादमा आउने गर्दछन् । राजनीतिक दलका नेताहरु प्रधानमन्त्री भएपछि विदेश भ्रमणमा जाने परम्परा पहिलादेखि हुँदै आएको छ । नयाँ प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतबाट गर्ने कि चीनबाट भनेर विवाद सुरु हुन थाल्छ । अहिलेसम्म प्रायजसो नेपालका प्रधानमन्त्रीहरुले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने गरेका छन् । त्यसपछि अन्य मुलुकको भ्रमण गर्ने गर्दछन् ।

आफू विदेश भ्रमणमा गएपछि त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीहरुलाई नेपाल भ्रमणमा निम्त्याउने गर्दछन् । कतिपय विदेशी मन्त्रीहरु पनि नेपाल भ्रमणमा आउने गरेका छन् । नेपालका अधिकांश प्रधानमन्त्रीले विदेश भ्रमणमा गएका बेला आर्थिक सहयोगदेखि विभिन्न विकास निर्माणसम्बन्धी सम्झौता गर्ने गरेका छन् । विदेशी मन्त्रीहरु पनि नेपालमा आएर आफू अनुकूलको विकास निर्माणदेखि अन्य सहयोग र सन्धी सम्झौता गर्ने गर्दछन् ।

त्यति मात्रै होइन, नेपालका राजनीतिक दलहरुलाई पनि आफ्नो नियन्त्रणमा लिने काम गर्दै आएका छन् । नेपालका राजनीतिक दलका नेताहरु पनि विदेशीको इसारामा चल्ने नै गरेका छन् । त्यसको उदाहरणको लिन सकिन्छ, नेपालको संविधान २०७२ लाई । नेपालको संविधान २०७२ जारी गर्दा भारतले खुलेरै विरोध गरेको थियो । त्यसको निहुँमा भारतले नेपाललाई नाकाबन्दी समेत लगाएको थियो । तर, नेपालको संविधान २०७२ जारी हुँदा अर्को छिमेकी मुलुक चीनदेखि अन्य मुलुकहरुले स्वागत गरेका थिए । नेपालको संविधान २०७२ मा धर्म निरपेक्ष मुलुक भनेर उल्लेख गरिएपछि भारत रुष्ट भएको थियो । त्यसै विषयलाई लिएर भारतले नेपालमा हिन्दू धर्मको नाममा केही दलहरुले चलखेल गर्दै आएको छ । भारतको इसारामा नेपालमा हिन्दू धर्मको नाममा बेलाबखतमा विरोध प्रदर्शन हुने गर्दछ ।

विश्वमा हिन्दूहरुको संख्या १ अर्ब २० करोड छ । त्यो संख्याको भारतमा मात्रै १ अर्ब १० करोड हिन्दूहरु रहेको बताइन्छ । त्यसकारणले छिमेकी मुलुक भारतले नेपाललाई हिन्दू राज्य घोषण गर्न चाहेको अनुमान लगाउन सकिन्छ । केही महिना अगाडि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भारतका विदेशमन्त्रीलाई नेपाल भ्रमणमा आउन आमन्तरण गरेका थिए ।

नभन्दै भारतीय विदेशमन्त्री जयशंकर पनि गत पुस १९ गते नेपाल भ्रमणमा आएका थिए । उनले नेपालमा आएर आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारतले खरिद गर्ने सम्झौता गरेका थिए । त्यति मात्रै होइन, नेपालका राजनीतिक दलहरुलाई छुट्टाछुट्टै भेट गरी नेपाललाई हिन्दू राज्य कायम गर्न मोदी सरकारले सझुाव दिएर पठाएको बताइन्छ । उता, भारतमा आगामी जनवरी २२ मा राम मन्दिर उद्घान गर्ने कामर्यक्रम राखिएको थियो ।

उक्त मन्दिर निर्माण सम्पन्न नभई उद्घाटन कार्यक्रम राखेपछि ४ वटा शंकराचार्यहरुले सो कार्यक्रम उपस्थित नहुने बताएका थिए । शंकराचार्यहरु मन्दिर निर्माण सम्पन्न नभइ उद्घाटन कार्यक्रममा आउने भएपछि ढिलाइ हुने भएको छ । उक्त राम मन्दिर उद्घाटन कार्यक्रममा एक अर्बभन्दा माथि हिन्दूहरु जमघट हुने आँकन गरिएको छ । त्यसकारणले पनि नेपाललाई ढिलोचाँडो हिन्दूराज्य घोषण गरिने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *