प्रधान सेनापतिले जर्नलहरुलाई झपार्दा !

प्रशासन राजनीति समाचार

काठमाडौं । नेपाली सेनाभित्र केही महिना अगाडि भावी सेनापतिको विषयलाई लिएर मिडियावाजी नै भएको थियो । सेनापतिको विषयमा मिडियावाजी मात्रै भएको थिएन । सेनाभित्रका विकृति र विसंगतिको बारेमा पनि मिडियाहरुले समाचार उजागर गर्दै आएका थिए । खासगरी सेनाभित्र हुने नक्कली सर्टिफिकेट र उमेर दहको विषयलाई लिएर समाचारहरु बाहिर आउने गरेका थिए ।

यतिबेला नेपाली सेनाभित्रको विकृति र विसंगतिहरुको समाचार सञ्चार माध्यममा आउन छाडेका छन् । समाचार आउन छाडेपछि सेनाभित्र झन् विकृति, विसंगति फस्टाएर गएको छ । सेनाभित्रको समाचार बाहिर आएपछि प्रधान सेनापति प्रभुराम शर्मालेसेनाका केही जर्नेलहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर झपारेका थिए । त्यसरी झपारेपछि सेनाभित्रको समाचार बाहिर आउन पनि छाडेको छ । प्रधान सेनापतिले बाबुराम श्रेष्ठ, सन्तोष बल्लभव पौडेल, एम सापकोटालगायतका जर्नेलहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर झपारेका हुन् ।

प्रधान सेनापतिले झपारेपछि यतिबेला उच्च तहका सेनाहरु चुपचाप अवस्थामा रहेका छन् । हुन पनि किन चुपचाप नहुन् । सेनाभित्रका पीडित कर्मचारीहरुले आफ्नो दुखेसो कहीं पोख्न पाउँदैनन् । यदि असन्तुष्टि जनाएको कतैबाट सेनापतिले थाहा पाएमा कि त जागिर छाड्नुपर्ने हुन्छ कि त कोर्ट मार्सल भोग्नुपर्छ । सेनाभित्र भएको भ्रष्टाचार र विकृतिहरु सञ्चार माध्यमले पनि राम्रोसँग थाहा पाउन सक्दैनन् । सेनाभित्रको समाचार नलेख्न विभिन्न चाड, पर्वहरुमा खासखास पत्रकारहरुलाई बोलाएर खामबन्दी टक्र्याउने गर्दछन् । कतिपय पत्रकारहरु त सेनाभित्रको समाचार सम्प्रेषण गर्न पनि सक्दैनन् ।

त्यसकारणले पनि सेनाभित्र हुने गरेका हातहतियार खरिद, रासन खरिद, ड्रेस खरिद, ठेक्कापट्टालगायतमा हुने भ्रष्टाचार र नियमितताको समाचार बाहिर आउन सकेका छैनन् । यदि सञ्चार माध्यममा सेनाभित्रको समाचार आइहालेमा प्रधान सेनापतिले सेनाभित्रको समाचार कसरी बाहिरियो भनी उच्च तहका सेनालाई बोलाएर झपार्ने गर्दछन् । त्यसकारणले पनि सेनाको भित्रको वास्तविक समाचार बाहिर आउन मुस्किल हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *