सिकेको अराजक ताल

राजनीति समाचार

काठमाडौं । सरकारमा बसेर सरकारकै विरोध गर्ने डा.सिके राउतको रवैयाले संसदीय व्यवस्थाको बयान गर्ने एमाले अध्यक्ष केपी ओली मख्ख छन् । ओलीलाई आँफै सम्पन्न र सर्वज्ञानीका रुपमा अरुले चुने र चिने नचिने पनि प्रचण्ड सरकासँग असन्तुष्ट शक्ति र गुटले चिनेकोमा गर्व लाग्दो छ ।

मधेशमा राजनीति गर्ने क्षेत्रीय दलको रुपमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवको एकता भत्किएपछि पैदा भएको सिके र रेशम चौधरीको शक्ति उनीहरुकै व्यवहारले खस्कन थालेको छ । संघीय लोकतन्त्र र गणतन्त्रात्मक व्यवस्थामा सिके राउत मधेश प्रदेशमा रेशम चौधरी, सुदूर पश्चिमको संसदमा निर्णायक बन्न पुगे । चौधरीको ७, राउतको ११ जना प्रदेश सांसदहरु छन् । दुबै पार्टी प्रदेश सरकारमा छन् ।

तर राउतको अराजकता आँफै सहभागी सरकारका योजना तथा कार्यक्रम सुदृढ, जनतामुखी र विकसमुखी बनाउनु कता हो कता सरकारविरुद्ध सडकमा देखिनु लज्जाजनक भएको छ । राउत आँफै धोति दिवस मनाउन सडकमा आए । मधेश प्रदेश सरकारको एक वर्षदिनको कार्यक्रम बहिष्कार मात्र गरेनन्, कार्यक्रममै नारा लगाउन पुगे ।

संघीय सरकारमा पनि राउतले निजामती प्रशासन परिचालन गर्ने मन्त्रालय लिएका छन् । मन्त्रालयको अपनत्व नबुझेका ठूलो बजेट भएको ठाउँ खोज्नु नै सिकेको विधता देखियो । तर अराजकताले पार्टीलाई कसरी जनविश्वास दिनसक्छ भन्ने ज्ञान देखिएन । अराजक नेता विपक्षी दलका अध्यक्ष छँदैछन् । त्यहाँ राउत किन थपिए ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *