सीआईबीले छानविन थालेपछि कर्मचारीको भागाभाग

राजनीति समाचार

काठमाडौं । अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले विगत दुई वर्ष अगाडिदेखि भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरेका थिए । त्यसरी भिजिट भिसामा विदेश पठाइएका नेपालीहरुलाई सीमाईबीले छानविन गरिरहेको छ । उनीहरुमाथि सीआइबीले छानविन गरे तापनि अहिलेसम्म सत्यतथ्य बाहिर ल्याइएको छैन ।

सीआईबीले उक्त छानविन थालेपछि अध्यागमन कार्यालय एयरपोर्टमा कार्यरत कर्मचारीहरुको भागभाग भएको छ । यसरी भागाभाग हुनेमा सरोज निरौला, विकास रिजाल, दिवस डंगोल, गणेश तामाङलगायत कर्मचारीहरु रहेका छन् । उनीहरुकै मिलेमतोमा भिजिट भिसादेखि विभिन्न अवैध तरिकाले नेपालीहरुलाई विदेश पठाउने र कमिसन खाने काम हुँदै आएको थियो । कतिपय कर्मचारीहरुले अध्यागमन कार्यालयमा बसेर नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेका थिए । उनीहरु नेपालीलाई अवैध रुपले विदेश पठाउने काम मात्रै गरेका थिएनन् ।

ती अध्यागमनका कर्मचारीहरु सुन तस्करी र भन्सार छली जस्ता काममा पनि संलग्न भएको बताइन्छ । अध्यागमनका कर्मचारीहरुले भिजिट भिसामा मान्छे पठाउने गरेको मात्रै होइन, अन्य कामदारहरुलाई समेत बिनाभिसा मेनपावर कम्पनी र ट्राभल एजेन्सी, हवाइ विभागका कर्मचारी, श्रम डेक्सका कर्मचारीहरुको मिलेमतोमा पठाउने गरेका थिए । त्यस विषयमा मुछिएका केही कर्मचारीहरु पक्राउसमेत परेका थिए । अहिले सीआईवीले छानविन गरिरहँदा कुन कुन कार्यालयका कर्मचारी कतिबेला क्राउ पर्ने हुन् त्यो निश्चित भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *