डाक्टर रिजाल खुम्चँदै

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसमा जसले काखी च्याप्यो, त्यसकै काखमा खेलवाड गरेर मख पर्ने डा.मिनेन्द्र रिजाल अन्तत खुम्चिन पुगेका छन् । उनको योजनाअनुसार डा.शेखर समूह अग्रसर बन्ने अवस्था थिएन । डा.शेखरलाई कांग्रेसको भावी सभापति बन्न अहिलेको गठबन्धनविरुद्ध होमिने अवस्था थिएन । किनकी यो गठबन्धन राजनीतिक अराजकताविरुद्ध कानून र संविधानको पालनाका लागि थियो । तर शेखरले डा.मिनेन्द्रमार्फत चलखेल गरेका छन् । यसले रिजालको कल्याण गर्दैन ।

संसदको म्यादभर संसद टिकाउने र आलोपालो प्रधानमन्त्री बन्नेगरी कांग्रेसका सभापति, माओवादी र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरु २÷२ वर्ष र १ वर्ष प्रधानमन्त्री बन्ने थियो । जसपालाई उपराष्ट्रपति दिएर हारेका उपेन्द्र यादवलाई संसदमा ल्याउनेसम्मको एजेण्डामा नेताहरु थिए । जसपाले मधेश प्रदेशको सरकारको नेतृत्व पाउँदा १० सिटे एकीकृतले संघ र प्रदेशमा अवस्थाअनुसार मन्त्री र संघमा एक वर्ष प्रधानमन्त्री बन्ने सम्झौता पनि छ ।

यो सबै बुझेर डा.शेखरले कोशी प्रदेशमा कांग्रेस भित्र विवाद हुँदा सभापति देउवाले माओवादीलाई मुख्यमन्त्री दिँदा विद्रोह गरेका छन् । डा.शेखर र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको दक्षिणको स्कुलिङ एउटै भएकाले सिटौलालाई विरोध गर्नुको तुक थिएन । उनले हिजोको गुण बिर्सेका फल पाक्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *