भन्सार र राजश्वका कर्मचारीकै कारण चोरीतस्करी बढ्दै

राजनीति समाचार

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक मन्दीलाई मझबुद बनाउनेभन्दै राजश्व उठाउनलाई उर्दी त जारी गर्छ । तर, अर्थको उर्दी अनुसारको राजश्व कुनै ठाउँमा उठेको पाइँदैन । राजश्वका कर्मचारीहरु काममा भन्दा भ्रष्टाचार गर्नमै व्यस्त रहेका छन् । यतिबेला देशभरीका भन्सार नाका र राजश्व अनुसन्धान विभागको कार्यालयका कर्मचारीहरुले ठूला मालवहाक ट्रक र सामान ओसारपसार गर्ने भ्यानलाई मात्रै ध्यान दिने गरेका छन् । त्यसको वामजुद अन्य सवारी साधनबाट हुने गरेका चोरीनिकासमा ध्यान दिएका छैनन् ।

अहिले अधिकांश रात्री, बस, डेबस, अन्य सरकारी गाडीहरु, विभिन्न प्राइभेट गाडीहरुबाट राजश्व छली गरी अवैध सामानहरु ओसारपसार गरिन्छ । देशैभरीका भन्सार नाका आसपासबाट चल्ने रात्री बस तथा अन्य सवारी साधनहरुबाट व्यापक रुपमा भन्सार छली गरेर सामानहरु भित्र्याउने गरिन्छ । त्यसप्रति न त राजश्व अनुसन्धान विभागले ध्यान दिएको छ, न त भन्सार विभागले नै ध्यान दिएको छ । यतिबेला गरी रात्री, दिनमा चल्ने यात्रुवहाक बसबाट राजश्व छली गरिएका सामानहरु काठमाडौं लगायतका सहरमा भित्र्याइन्छ ।

चोरीका सामान भित्र्याउने गाडीहरु खासगरी साँझ र विहानपख उपत्यका भित्रिने गर्दछन् । त्यस्ता सामानहरु रात्री बसको छत, डिकी र मान्छे बस्ने सिटमुनि लुकाएर ल्याउने गरिएको पाइन्छ । देशैभर रहेका राजश्व कार्यालयहरुका कर्मचारी, भन्सारका कर्मचारी, सुरक्षा निकाय र व्यापारीहरुको मिलेमतोमा भन्सार छली गर्ने गरिन्छ । अधिकांश ठूला उद्योगी, व्यापारीहरुलाई तर्साउने र गाडी पक्राउ गर्ने कारणले यस्ता धन्दाहरु भित्री रुपमा फस्टाउन थालेको छ ।

किन भने भन्सारका कर्मचारीहरुले ठूला मालवहाक गाडीहरुलाई मात्रै टार्गेट गर्ने भएकाले पनि अन्य यात्रुवहाक सवारी साधन प्रयोग गरी चोरीतस्करी गर्ने धन्दा बढ्दै गएको छ । यस्तो धन्दा खासगरी काकडभिट्टा, विराटनगर, विरगञ्ज, भैरहवा, तौलिहवा, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायतका ठाउँबाट चल्ने रात्री र डेबसहरुबाट हुने गरेका छन् । तर, राजश्व र भन्सारका कर्मचारीले यस्ता यात्रुवहाक सवारी सधानबाट हुने चोरीतस्करीको बारे बेखबर जस्तै भएर बस्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *