सार्वजनिक जग्गा हडप्नेमा ठूला व्यापारी र बैंक नै !

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपालका अधिकांश सार्वजनिक जग्गाहरु धनाढ्य व्यापारीहरुकै कब्जामा छ । ललिता निवासमा जोडिए मीनबहादुर गुरुङ्ग,उनीसँगै जोडिएका मारवाडी व्यापारीहरु फरार भए । गोकर्ण,ताहाचल र चितवनको जग्गामा यति समूह,पशुपतिको जग्गामा बतास अर्गनाइजेसन,बाल मन्दिरको २८ रोपनीभन्दा बढी जग्गामा विशाल ग्रुप,बाँसबारी,नर्भिक अस्पतालले चर्चेको जग्गादेखि ललितपुरकै जग्गामा चौधरी समूह,चन्द्रागिरीको डाँडोदेखि पोखरा,नवलपरासीको डाँडै चन्द्र ढकालको पोल्टामा,अनि गिरीबन्धु टी स्टेटका नाममा अर्काे व्यापारी दीपक मलहोत्रा । मलहोत्राले कमलपोखरीदेखि डिल्लीबजारसम्मको सरकारी जग्गा हडपेका छन् । यसरी कौडीको भाउमा सरकारी जग्गा हडप्न पाएपछि उनीहरु मालामाल बन्ने नै भए ।

अहिले यही प्रकरणमा विनोद चौधरीका भाइ प्रहरी कष्टडीमा छन् । सिआइबीको टोली अस्ति सोमबारमात्र भूमि व्यवस्था मन्त्रालयमा छिरेर यस सम्बन्धमा अरु फाइलहरु उठाएर लगेको छ । उस्ले सार्वजनिक जग्गा मिच्ने भूमाफियाहरुलाई तहलगाउन खोजिरहेको छ तर अदालतले उन्मुक्ति दिने ढंगले काम गरिरहेको प्रतित हुँदैछ । बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणबाट पाएको सफलतापछि हौसिएको सिआइबीको टोलीले तारागाउँ विकास समितिको नाममा रहेको सरकारी जग्गा होटल हायातको नाममा नामसारी भएको १५० रोपनी जग्गा प्रकरणमा पनि हात हाल्न खोजिरहेको छ ।

यो प्रकरणमा राधेश्याम सर्राफ, सुरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ लगायतका व्यापारीहरु मुछिन्छन् । सीआईबीले त्यहाँको १५० रोपनी सरकारी जग्गा होटलको नाममा जाँदा कीर्ते तथा सरकारी सम्पत्तिको हानी–नोक्सारी भएको दाबी गरेको छ । यद्यपि यो जग्गा प्रकरण पनि नक्कली भुटानी शरणार्थी,सुन काण्डजस्तै हुने छनक अदालतले दिइसकेको छ । यद्यपि यो प्रकरणले नेपाल इन्भेष्टमेन्ट बैंकका मालिक पृथ्वीबहादुर पाँडेको रुवावासी शुरु भएको छ । कुन दिन आफू माथि पनि सिआइबीको कर्के नजर पर्ने हो भनेर उनी चिन्तित देखिएका छन् । पाँडे कमलपोखरीको सरकारी जग्गा हडप्ने समूहका नाइके हुन ।

माफिया शैलीमा पृथ्वीबहादुर पाँडेले शक्ति निकाय सबै मिलाएर पोखरीको जग्गा हडपेका छन् । वित्तिय क्षेत्रको डनका रुपमा चिनिएका पाँडेले नेता देखि कर्मचारीलाई हातमा लिए छायाँ सेन्टरका नाममा सरकारी जग्गा हडपिरहेका छन् । छाँया सेन्टरमा चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ । ऐतिहासिक कमलपोखरी नामेट पारी ठडिएको छायाँ कम्प्लेक्समा संलग्न हाइप्रोफाइल राणा, मल्ल र पाँडेहरुको लगानी रहेको भेटिन्छ ।

जहाँ दिपकमान शेरचन– ४ करोड ७३ लाख ७१ हजार,सिद्धान्तराज पाण्डेय– ३३ लाख ७० हजार,योगेन्द्रबहादुर शाक्य– ९४ लाख एक सय, राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि.– २ करोड २४ लाख ४ हजार,सुमन विक्रम पाण्डे– २ करोडका अलवा पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा– २५ लाख,शेयरका डन निर्मल प्रधान–६ करोड ५० लाख कित्ता शेयर रहेको विवरण भेटिएको छ । यसरी सार्वजनिक जग्गा मिचेर बंगला ठडाउने पाँडेको छाँया कम्प्लेक्समा वालेन साहको आँखा नपर्नु,सिआइबीले पनि नदेख्नु चाहिँ रहष्यमयी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *