सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने खेल

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभा चुनाव अगाडिसम्म कांग्रेसका दयालु नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सहमत माओवादीले कोशी प्रदेशमा चम्पा कार्की पराजित भएपछि कमजोर भएको छ । कार्कीलाई पार्टीले बारम्बार अवसर दियो । तर अर्काको भरमा पद लिनुपर्ने बाध्यतामा भएपछि टाउको फुटाउने कसले ?

डा.शेखर गुटले माओवादीलाई पन्छाएर एमालेसँग साँठगाँठ गर्दा भविष्य हेरेको छैन । तर कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन संसदको ठूलो दल माओवादीलाई बाध्यता छैन । कांग्रेसीहरु संसदको ठूलो दल कांग्रेसले सबै पाउनुपर्छ भन्छन् । तर राष्ट्रिय सभाको ठूलो दलले संवैधानिक पद राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई त्याग्न सहज ठान्दछ । कांग्रेसका भ्रष्टहरुको कोटीमा कृष्ण सिटौला पर्दैनन् । उनको भद्रतामा प्रधानमन्त्री विस्त छन् । तर पद हो लोभ सबैको हुन्छ ।

संविधान मान्ने, संसदीय गरिमा राख्ने हो भने कृष्ण सिटौला यही संसदमा मन्त्री नैतिक रुपमा बन्नु हुँदैन । संसदीय कानूनको धाराले त्यसै भन्छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालले बरु गृह तथा उपप्रम सिटौलालाई बनाउने दाउमा छन् । माओवादी नेतृत्वले संवैधानिक परिषद्को सदस्य लिनुपर्ने बाध्यतामा छ । परिषद्मा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, कानूनमन्त्री, विपक्षी दलको नेता, सर्वाेच्चका प्रधानन्यायाधीश रहने व्यवस्था छ ।

कुनै बेला परिषद्मा एकलौटी निर्णय गरेर संसदको हत्या गर्ने कदम एमाले अध्यक्ष केपी ओलीले गरेका थिए । यो स्मरण नेपाली राजनीतिले गरेकै छ । एमालेले राष्ट्रिय सभाका लागि आफ्ना नौ भोट कता लैजान्छ ? उता एकीकृत समाजवादीको पनि आठ सिट छ । जसपा २ सिट, मसाल २ सिट जोड्दा २२ मत हुन्छ भने कांग्रेस एमाले एक हुँदा १९ सिट हुन्छ । यो मुल चरित्र सत्ता स्वार्थमा केन्द्रीत छ । सिटौलालाई राष्टिट्रय सभा अध्यक्ष बन्न नदिन डा.मिनेन्द्र रिजाल र डा.शेखर समूह सक्रिय छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *