संघीय मन्त्रालय कर्मचारीलाई ‘योग’ सिकाउने थलो बन्दै

राजनीति समाचार

काठमाडौं । यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान चरितार्थ भएको छ । संघीय मामिला मालदार मन्त्रालयको रुपमा गनिन्छ । यस मन्त्रालयका सचिव विनोद सिंह रहेका छन् । सचिव विनोद नेपाली कांग्रेस निकट भएको कारण पहिला गृहमन्त्रालयमा रहँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र सरुवा, बढुवामा राम्रो आम्दानीको खेलोफड्को गरेका व्यक्ति हुन् । सिंहले गृहमन्त्रालयमा रहँदा आफ्ना मान्छे सेटिङ गरेका थिए ।

सिंह गृहबाट संघीय मामिलामा सरुवा भएपछि गृहमा कार्यरत कांग्रेस निकट कर्मचारीलाई सामान्यमै ल्याएका छन् । त्यसकारण यतिबेला संघीय मामिला मन्त्रालय कांग्रेसको हो कि जनमत पार्टीको भन्ने हल्ला गरिन्छ । मन्त्री अनिता देवीको कारण संघीय मन्त्रालय दिनप्रतिदिन बद्नाम बन्दै गएको छ । उता, सचिव विनोद सिंह भने दूरसञ्चार प्राधिकरणको टेरामक्स काण्डमा पक्राउ पर्ने सम्भावना बढिरहेको छ ।

एकातिर टेरामक्स काण्डले विनोद सिंह पक्राउ पर्ने आशंका छ भने सोही काण्डमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याल पक्राउ पर्ने देखिन्छ । अर्याल मुख्यसचिवको हैसियतमा हुँदा पक्राउ गर्न नमिल्ने भएकाले उनलाई राजीनामा दिन लगाउने सम्भावना पनि छ । तर, यसबारे पुष्टि भने भइसकेको छैन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै यतिबेला संघीय मामिला मन्त्रालयमा भएको छ । सो मन्त्रालयमा गर्नुपर्ने कामलाई थाती राखेर कर्मचारी हाजिर हुनासाथ योग ध्यान गर्न सिकाउन थालिएको छ ।

मन्त्रालयका कर्मचारीहरुले सरुवा, बढुवादेखि विकास निर्माणका विभिन्न योजना, आयोजनाको मिटिङ गर्नेे हललाई योग ध्यान गर्न सिकाउने थलो बनाइएको छ । त्यो पनि सेवाग्रहरुको भीडा लाग्ने अफिस समयमा । संघीय मामिला जस्तो देशैभर कर्मचारी खटनपटन गर्ने जिम्मेवार मन्त्रालयमा अफिस समय पारेर योग र ध्यान सिकाएर दिन बिउनु कति जाहेज हो ? संघीय मामिला जस्तो मन्त्रालयका कर्मचारीहरु नै योग र ध्यान सिकाएर दिन बिताउँछन् भने अन्य मन्त्रालयको हालत कस्तो होला ?

यता मन्त्रालयमा योग र ध्यान गर्न सिकाएर दिन बिताइन्छ भने उता अधिकांश दूरदराजका स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत नभएर सेवाग्राहीहरु मारमा परिराखेका छन् । अन्य सरकारी कार्यालयमा कर्मचारीको अभावले गर्दा सेवाग्राहीले सधैं समस्या भोग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *