चिया खुवाउँदा पनि बढेन क्रेज

राजनीति समाचार

काठमाडौं । आफ्नो एकसुत्रीय एजेण्डा माओवादीसँगको गठबन्धन तोड्नुपर्छ गठबन्धन गर्ने भए भारतको निर्देशनमा नेकपा एमालेसँग गर्नुपर्छ भन्ने मान्यताका नेता डा.शेखर कोइराला ठूलो तनावमा छन् । पार्टीमा ४० प्रतिशत मत शेखरको छ भन्ने कुरा १४औं महाधिवेशनमा यिनले प्राप्त गरेको केन्द्रीय सदस्य, उपसभापति, महामन्त्री, १ सहमहामन्त्री पद हो । उनको पक्षमा ३५ जना सांसद भएको बताए पनि संसदीय दलको नेतामा गगन थापा उम्मेद्वार बन्दा प्राप्त २२ मत हो । बलेको आगो ताप्ने नेपाली चरित्र हो ।

आफ्नै १३ दिने भाइ डा.शशांकले मात्र होइन सुजाताले समेत डा.शेखरलाई सभापतिको उम्मेद्वार बन्दा भोट दिएनन् । शेखरको पछि लागेर न त संसदको टिकट पाइन्छ, न त संसद भएपछि मन्त्री पद छ । ठाउँमा छैन, पार्टीमा आँफैंले ४० प्रतिशतका लागि लडनु छ, त्यो पनि ४ मन्त्रीको सिट पाउँदा ३ जनाको नाम पठाएर महामन्त्री गगन थापालाई १ जना मन्त्री नदिँदा बटारिएका थापा अझै डा.शेखरप्रति नरम छैनन् । स्थिति सुधार्न नसक्ने आदर्शका कुरा गर्ने विद्रोहको नाममा अराजकता मच्चाउने नेताका रुपमा परिचित भएका छन् ।

महासमिति बैठकको मुखमा फागुन ६ गते यिनैले बानेश्वरको अनुपम फुडल्याण्डमा चियापानको आयोजना गरे । तर अपेक्षा गरेजस्तो भिडभाड त्यहाँ भएन । उनको गुटबाहेक न त तेस्रोधारका नेता त्यहाँ पुगे न त संस्थापन पक्षका नेता नै पुगे । उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनको विरुद्ध आफुले केन्द्रीय समितिमा लगेको पूरक प्रस्तावको पक्षमा सहभागीहरुले चासो लिउन भन्ने थियो । तर वर्तमान गठबन्धन भत्काउने गरी कोशी प्रदेशमा चलाएको अभियान ३५ दिन पनि पुगेन । एमालेले डा.शेखरको नाडी छाम्न शेखर गुटका कार्कीलाई मुख्य मन्त्री स्वीकारेको थियो । यही गुटको अन्तर्घातकै कारण माओवादीले कांग्रेसलाई दिने भनेको राष्ट्रियसभामा अध्यक्ष नपाउने भएको छ ।

कांग्रेस महासमितिमा सहभागी प्रतिनिधिहरुले पार्टीमा सँधै झगडा, सँधै किचलो मच्चाएर फाइदा लिन खोज्ने कोइराला परिवारबाट पार्टी मुक्त भएकाले अबको राजनीति फेरि परिवारको घेरामा जान दिन नहुने तर्क राख्दछन् । यसपटक प्रस्ताव पारित होस् नहोस् कांग्रेसमा संविधान विरोधी एजेण्डा लिएर आएका शंकर भण्डारीको प्रस्तावमा सहभागीहरु आकर्षित भएको अवस्था छ ।

अरुलाई भन्न सजिलो छ । पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको कार्यक्षमतामै प्रशन उठेको छ । पार्टीका वरिष्ठ नेता डा.शेखर कोइराला बोल्दैनन् । उनले बालकृष्ण खाँडलाई निर्दोष मान्ने विनोद चौधरीलाई चोखो ठान्ने गर्दा क्रेज घटेकै थियो । बानेश्वरको चियापानबाट गुमेको क्रेज फिर्ता ल्याउने योजना थियो । तर त्यो पुरा भएन । यो गुटकै कारण गठबन्धनमा अविश्वास बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *