राजावादी भाँडिए

राजनीति समाचार

काठमाडौं । गणतन्त्रको विरोध गर्दै गणतन्त्रकाने स्वाद लिने राजेन्द्र लिङ्देन र कमल थापा एजेण्डाका आधारमा संयुक्त आन्दोलनमा जाने कुरा व्यक्तिगत टक्करका कारण आज हुने विरोध प्रदर्शनमा कमल थापा, दुर्गा प्रसाइँ एक ठाउँमा अटेनन् । एमालेको काँधमा चढेर जुम्ला, झापा २, नवलपरासी २, बाँके १, चितवन ३, राप्रपा संघीय संसदमा प्रवेश ग¥यो ।

अहिले त्यहाँ रविन्द्र मिश्रको प्रवेशले पार्टीका १४ सांसद भए पनि संसदमा दरिलो प्रस्तुति छैन । एमालेको काँध चढेर एमालेकै चुनाव चिन्ह लिएर मकवानपुर १ मा चुनाव लडेका कमल थापालाई लिङदेन राप्रपाका दिपक सिंहले थन्काइदिएका छन् । राप्रपाले संघीयता खारेज गर्ने र पूर्व राजालाई गद्दीमा फकाउने एजेण्डा लिएपनि एजेण्डा मिल्ने शक्तिका बिचमा एकता छैन ।

झापाका दुर्गा प्रसाईंले राजेन्द्र लिङ्देनलाई मात्र होइन, एमालेका अध्यक्ष केपी ओलीलाई अत्याएका छन् । एमालेले उचालेर पार्टीको कुनै सदस्य नभए पनि पुराना नाता पन्छाएर दुर्गा प्रसाईं, एकनाथ ढकाल, कोमल ओली बोकेको फल राजनीतिक अवस्था ओरालो लाग्दो छ । ओलीसँग गठबन्धन गरेर झापाबाट सांसद भएका राजेन्द्र लिङदेनले गिरिबन्धु टी स्टेटको रमितामा मुख खोलेका छैनन् । दुर्गा प्रसाईंले त्यसको भण्डाफोर गर्दा राजेन्द्रलाई असर परेको बताइन्छ ।

५ करोड लिएर कालोसूचीमा राखेका विक्रम पाण्डेलाई जहाँ उनको ठेकेदारी सम्बन्ध छ त्यही मन्त्रालयमा मन्त्री बनाएपछि लिङदेन विवादमा थिए । मन्त्रीका लागि महामन्त्री धवलशमशेर, ज्ञानेन्द्र शाहीको चासो थियो । तर लिङ्देन आँफै उपप्रम लिएर उर्जामा गए, ठेकेदार पाण्डेलाई सहरी विकासमा पठाए । त्यही बेलाबाट राप्रपाभित्र पार्टी सभापति र सांसदका बिचमा द्वन्द्व चर्कियो । त्यसकै फल एजेण्डा मिलेका कमल थापा भन्दा पनि बैंक तथा वित्तीय संस्थाबाट पीडितहरुको पीडामा मलम लगाउँदै जनता बटुलेका दुर्गा प्रसाईं राप्रपासँग सहकार्य गर्न गराउन संसदीय दल र पार्टीबाट पहल नभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *