फाउन्डेसनको नाममा करोडौं असुली, धन्दा फस्टाउँदै

राजनीति समाचार

काठमाडांैं । पछिल्लो समय राजनीतिक पार्टीहुँदै कलाकर्मीसँगै व्यक्तिविशेषले फाउन्डेशन खेती फैलाएका छन् । फाउन्डेसन खेतीले नेपालका दूरदराजमा रहेका उत्पीडित, निमुखा, अल्पसंख्यक र गरिवीको रेखामुनि रहेका वर्गको उत्थान गर्ने नाममा केही व्यक्तिहरु मोटाउने काम भएको छ । नेताहरुको नाममा फाउन्डेसन खोल्ने होडवाजी सबै राजनीतिक दलमा चलेकै थियो ।

त्यसको सिको गर्दै पछिल्लो समय कलाकारदेखि व्यक्तिहरुले समेत फाउन्डेन खोल्ने प्रतिस्र्पा चलेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा किर्केट स्टेडियम बनाउने नाममा राजनीतिक पार्टीदेखि देश–विदेशमा रहेका लाखौं नेपालीहरुलाई ठग्ने काम गरेर चर्चा कमाएको थियो । अहिले चितवनको त्यो धुर्मुस–सुन्तली फाउन्डेसन ‘कुन चरिको नाम’ हो भनेजस्तै भएको छ । हास्यकलाकारको रुपमा स्थपित सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली)ले धुर्मुस–सुन्तली फाउन्डेसनको नाममा करोडौं रकम कुम्ल्याएको नेपालीसामु जगजाहेरै छ ।

फाउन्डेसनसँगै सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली) पनि न कलाकार न त समाजसेवा दुवैतिरबाट गुमनाम भएका छन् । उता, आफूलाई कलाकार, पत्रकार र समाजसेवी दावी गर्ने अर्का व्यक्ति छन् कृष्ण कँडेल । कँडेलले सञ्चालन गरेको इन्द्रेणी फाउन्डेसनमा देशका दूरदराजमा अवसर नपाएर ओझेलमा परेका विभिन्न बालबालिकाहरुलाई क्षमता विकास गराउने, दुःखीपिडितहरुलाई सहयोग गर्ने, बिरामीको उपचार गराउने र दैवीप्रकोपमा परेकालाई सहयोग गर्ने नाममा नेपालका विभिन्न संघ, संस्थादेखि विदेशमा रहेका नेपालीहरुसँग सहयोग माग्ने गर्दै आएका थिए । कँडेलले सञ्चालन गरेको इन्द्रणी कार्यक्रममार्फत बालबालिकादेखि दुखीपीडितलाई सहयोग गरेको देखाएर दाताहरुको मन जित्ने र करोडौं उठाउने गर्दै आएका थिए ।

कँडेलले इन्द्रिणी कार्यक्रममार्फत देशमा परापूर्वकालदेखि चलिएआएका लोपोन्मुख लोकगीत, कला, संस्कृति र भेषभुषाको जगेर्ना गर्ने नाममा पनि बहुसंख्यक नेपालीको मन जित्ने काम गरेका थिए । त्यसकै आडमा सबैबाट प्रशंसा पाउनुका साथै राम्रो कमाइ पनि गर्दै आएका थिए । कँडेलले इन्द्रेणीमा देशका दूरदराजमा रहेका प्रतिभाशाली बालबालिकादेखि स्थापित कलाकारहरुसमेत सहभागी गराउने गरेका थिए । उनीहरुलाई प्रयोग गरेर कँडेलले करोडौं कमाइ गरिसकेका छन् ।

त्यहीं पैसाको आडमा कँडेलले सहकर्मी तथा कर्मचारीहरुलाई ‘तपाईंहरु मलाई साथ दिनुहोस्, तलब मात्रै होइन दश वर्षमा घर बनाइदिन्छु’ भन्ने आवश्वासन पनि दिँदै आएका रहेछन् । बाहिर उनको विचार, गायकीपन र भाषण जति राम्रो देखिन्थ्यो, वास्तविकता अर्कै रहेछ । सहकर्मीहरुलाई घर बनाइदिनेसम्मको आवश्वासन दिएका कँडेलले उल्टै ती कलाकार र कर्मचारीलाई सडकमा पु¥याइदिएको समाचार सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।

इन्द्रेणी सञ्चालन गर्दा स्थापित कलाकारको सहारा लिएका कँडेलले पछिल्लो समय उनीहरुलाई ओझेलमा पार्दै नवप्रतिभाको नाममा कमला घिमिरे, सचिन परियार, आयुषा गौतम, प्रिन्स लम्साललगायत थुप्रै बालकलाकारहरुको प्रयोग गर्न थाले । उता, पुराना गायिका र महिला कर्मचारीमाथि यौन दूव्र्यवहार तथा श्रम शोषण गर्ने गरेको आरोप सामाजिक सञ्जालमार्फत कँडेललाई लाग्दै आएको छ । यसअघि स्थापित गायिका टिका सानु कँडेलसँग असन्तुष्ट भएर इन्द्रेणीबाट बाहिरिएकी थिइन् । यतिबेला गायिका शर्मिला श्रेष्ठले आफूमाथि कँडेलबाट सेक्सुअल हेरेमेन्टमा परेको आरोप लगाएर बाहिरिएकी छिन् । उनीसँगै अन्य कलाकारहरुले पनि आफूहरुलाई बिनाकारण जागिरबाट निकाएको भन्दै आक्रोश पोखिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *