अख्तियारले भूमि सचिव र नासु कार्कीको सम्पत्ति छानबिन गर्ला ?

राजनीति समाचार

काठमाडौं । देशैभरी रहेका सर्वसाधारणको खेतीयोग्य जमीन भूमाफिया र कर्मचारी मिलेर कब्जा गरी प्लटिङ गरेर घडेरीमा विक्रीवितरण गर्दै आएका थिए ।

पछिल्लो समय घर, जग्गाको विक्रीवितरण ठप्प भएपछि भूमाफियाहरुको ओठ, तालु सुकेको थियो । भूमाफियाहरुले सो जग्गा बैंकमा राखेर ऋण लिने गरेका थिए । जग्गा धितो राखेर बैंकबाट लिएको ऋण तिर्न नसकेर बैंक पनि कब्जामा लिँदै छन् । भूमाफियाहरुले विकट ठाउँदेखि खोलानालाका जग्गा प्लटिङ गरेर घडेरीको रुपमा बैंकमा धितो राखी ऋण लिने र त्यो पैसा अन्यत्र लगानी गर्दै आएका थिए ।

जग्गा धितो राखेर बैंकबाट लगिएको पैसा भूमाफियाले समयमा नतिरेपछि बैंकले धितो लिलामीको सूचना जारी गर्ने गरेको छ । सूचना जारी भएपछि जग्गा विक्री गर्न खोज्दा कतिपय जग्गा नविक्ने र विक्रीभइहाले तापनि कम मूल्य आउने भएपछि जग्गामा लगानी गरेका बैंकहरु विस्तारै टाटपल्टिँदै गएका हुन् । तर, मालपोत र नापीका कर्मचारीहरु मालामाल हुने गरेका छन् ।

त्यसको गतिलो उदाहरण बनेको छ, ललितपुर मालपोत र नापी कार्यालय । ललितपुरका भूमाफिया नारायण तिमिल्सिना र मालपोतका नासु डम्मरबहादुर कार्कीको मिलेमतोमा काठमाडौं उपत्यकाभित्र रहेका खाली जग्गाहरु व्यक्तिको नाममा नामसारी गर्ने, छुट जग्गा दर्ता गर्ने र कित्ताकाट गर्ने नाममा अकुत सम्पत्ति आर्जन गरेका छन् । त्यसैगरी दाजु–भाइ, बाबु छोराबीचको अंशबण्डा, साँध सिमाना र सार्वजनिक जग्गा हिनामिना गरेबापतको मुद्दा मालपोत कार्यालयमा मिलाउने नाममा पनि करोडौं असुल्ने गर्दै आएका छन् ।

डम्बर कार्की ललितपुर मालपोत कार्यालयमा बसेको पनि ८ वर्षभन्दा बढी भइसकेको छ । कार्की उपत्यका बाहिर कतै सरुवा हुनुपरेको छैन । किन कि उनी शक्ति र पावरलाई राम्रोसँग चलाउन जान्द छन् । उता, प्रधानमन्त्री कार्यालयमा कार्यर कर्मचारी बुद्धि जैसी, सन्तोष दराइ र तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई रिझाएर उपत्यकाका मालदार ठाउँ छोडेर मोफसलमा जानुपरेको छैन ।

हालकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह र सचिव विनोद सिंहलाई पनि गुमराहमा पारेर आफ्नो दुनो सोझ्याउन कार्की सफल भएका छन् । कार्कीले उपत्यकाभित्रका मालपोत कार्यालयमा बसेर करोडौं सम्पत्ति आर्जन गरेको समाचार स्रोतको दावी छ । कार्कीले उपत्यकाभित्रका जग्गा कित्ताकाटदेखि छुट जग्गा दर्ता गर्ने नाममा पनि ठूलो रकम असुलेका छन् ।

उता, भूमि तथा सहकारी सचिव गोकर्णमणि दवाडीलाई पनि रिझाउन कार्की सफल भएका छन् । सचिव पनि के कम जसले कमिसन दिन्छ उतैतिर लाग्छन् । सचिव दवाडीले निर्वाचन आयोगमा बसेर पनि अकुन सम्पत्ति कमाएकै थिए । त्यसपछि प्रदेश नं. १ मा गएर पनि राम्रै कमाइ गरे ।

अहिले उनै दवाडी भूमि सचिव भएका छन् । मन्त्री र सचिवको कुरा मिलेको छ । मन्त्रीलाई पार्टी चलाउन र सम्पत्ति आर्जन परेकै छ । अहिले सचिव दवाडी जग्गामा लगाइको हदबन्दी फुकुवा गर्न लागिपरेका छन् ।

यदि दवाडीको प्रयासले जग्गामा लगाइएको हदबन्दी फुकुवा गरिएको खण्डमा काठमाडौं उपत्यकाभित्र ३, ४ आना जग्गा भएकाहरु उठिवास लाग्ने छ । अर्कोतिर घर, जग्गामा लगानी गर्ने बैंकहरु पनि सँगै टाट पल्टिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *