नेपाली जनताले नेपालमा पुँजीवाद स्थापना गर्नको लागि भोट होलेका होइनन् । नेपालका राजनीतिक दलहरु मद्धे छानेर नै एमाले र नेकपा माओवादी जस्ता कम्युनिष्टको शिद्धान्त र नीति भएका राजनीतिक दलहरुलाई भोट हालेका हुन । तर उक्त दलहरुले सत्तामा पुगेपछि कम्युनिष्ट शिद्धान्त र नीतिलाई छाडि पुँजीवादी अर्थनीतिलाई अपनाएका छन । अमेरिका लगायतको पश्चिमी मुलुकहरुमा सफल मानिएको पुँजीवादी अर्थतंत्र नेपालमा पुँजीवादी दलदलमा परिणत भईसकेको अवस्था छ ।
नेपालमा पुँजीवादी अर्थतंत्र सफल हुनको लागि अति आवश्यक मानिएको स्वतंत्र बजार छैन । साथै उस्तै महत्वपूर्ण मानिएको कानुनी राज पनि नेपालमा छैन । त्यो हुँदा नेपालका राजनीतिक दलहरुले विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको दबाबमा परी नेपालमा लादेको पुँजीवादी अर्थतंत्र दलदलमा परिणत भएको हो । नेपालका व्यापारीहरु र व्यवसायीहरु सत्तामा बसेका राजनीतिक दलहरुका प्रभावशाली नेताहरु सित मधुर संबन्ध गाँसेर मात्रै सफल भएकाछन । त्यसो गर्न नसक्ने वा नजान्ने व्यापारीहरु र व्यवसायीहरुको हालत दयनीय बनेकोछ । नेपाली जनताले कम्युनिष्ट शिद्धान्त र नीतिलाई भोट हालेर जिताएपछि नेपालमा कमसेकम समाजवादी अर्थतंत्रको स्थापना हुनुपर्ने हो । नेपाली जनताको सँस्कार र त्यसैअनुसारको आदत पश्चिमेलीहरुको भन्दा धेरै फरक छन ।
पश्चिमेलीहरु हप्ताभरी कामगरी कमाएको पैसा हप्ताको अन्त्यमा सबै खर्च गर्दछन । नेपालीहरुको त्यस्तो खर्च गर्ने आदत छैन । मेहनत गरी पसिना बगाएर कमाएको पैसालाई साँचेर राख्ने चलन छ । फेरि बचत भएको पैसालाई पनि जग्गा किन्न र घर बनाउनको लागि मात्रै लगानी गरिन्छ । पश्चिमेलीहरु भने आफुसित बचत भएको पैसालाई उद्योग धन्दामा लगानी गर्न रुचाउँछन । नेपाली जनताको आदत र पश्चिमेलीको आदतमा यहि नै ठुलो अन्तर रहेको छ । त्यहि अन्तरको प्रभावले गर्दा नेपालमा पुँजीवाद दलदलमा रुपान्तरण भएको हो ।
पश्चिमेलीहरुले कमाएको जति लगत्तै खर्च गरी आर्थतंत्रलाई चलायमान बनाउँछन भने नेपाली जनताले बचत गरी अर्थतंत्रलाई चलायमान हुनबाट रोक्ने गर्दछन । साथै बचतलाई पश्चिमेलीको जस्तो उद्योगमा लगानी गर्ने आदत नेपाली जनता सित नभएको हुँदा संचित पैसाको बढोत्तरी पनि रोकिन्छ । नेपाली जनता अहिले सम्म सादा जीबन बिताईरहेको हुँदा अर्थतंत्रको माग र आपूर्ति व्यवस्थाको अभ्यास्त छैनन् ।
साथै नेपालको कनुनी राजको जगपनि पुरानै भएको हुँदा कमजोर नै छ । नेपाल राष्ट्रको सामाजिक अवस्था अमेरिका लगायत पश्चिमी मुलुकहरुको जस्तो छैन । त्यसकारण त्यता सफल भईसकेको पुँजीवाद नेपालमा पनि सफल नै हुन्छ भन्ने नेपालका राजनीतिक दलहरुको अनुमान अनुचित देखिन्छ । नेपालको पुँजीवादलाई सफल बनाउनको लागि चाहिने तयारी नै पुगेको छैन । तयारी पहिले पुरा गरेर मात्रै पुँजीवादलाई नेपालमा लागु गरेको भए पुँजीवादी दलदलमा जाकिनबाट नेपाली जनतालाई सहजै बचाउन सकिने थियो । नेपाली जनताले अहिले सम्म पुरानो शामन्ती व्यवस्थामा भोग्नु परेको आर्थिक पीडा भुल्न सकेको छैन ।
नयाँ राजनीतिक व्यवस्थाले नेपाली जनताको जीवनयापनको व्यवस्थापनमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको थियो । तर त्यस्तो राजनीतिक व्यवस्था आएको तीन दशक समय बित्दा पनि नेपाली जनताले फरक महसुस गर्न पाएका छैनन् । उही परानै कुराहरुले नयाँ रुप र रंगमा आएर नेपाली जनतालाई सताउँने गरी नेपाली जनताको जीवनयापनलाई झन कष्टकर तुल्याईरहेको छ । नेपाली जनता अहिले सहकारी पीडित, लघुवित्त पीडित, बैंक पीडित र मिटर व्याज पीडित भएकाछन । उहिलेको जस्तै नवसाहुहरुले ऋण उठाउने बाहानामा घरजग्गा खाईदिंदा धेरै नेपाली जनता वेघरवर भएर सुकुमवासी बनेकाछन ।
धेरै नेपाली जनता नवसाहुहरुको ऋण तिरेर आफ्नो घरबार जोगाउनकै निमिक्त वैदेशिक रोजगारीमा जान बाध्य भएकाछन । यो क्रममा नेपाली जनताको नेपालमा घरबार नै बिग्रेको छ भने बिदेशमा जोखिमपूर्ण काम गर्नु पर्दा धेरै नेपाली जनताको ज्यानै गएकोछ । नेपालमा दलहरुले ल्याएको राजनीतिक परिवर्तनलाई नेपाली जनताले भोग्नु परीरेहको यस्तै अनेक पीर वेदनाहरुको कारक तत्वको रुपमा बुझ्दै गएकाछन । मिटर व्याज पीडितहरुको पीडालाई अहिले सम्म दलका नेताहरुले समाधान निकाल्न सकेको छैन । मिटर व्याज पीडितहरु नेपालै भरीबाट पैदल यात्रा गरी राजधानी काठमाण्डौमा आएर बिरोध जुलुश गरी रहेकाछन ।
त्यस्तै आन्दोलन सहकारी पीडितहरुको पनि लामो समय देखि काठमान्डौमा चली नै रहेको नै छ । पछिल्लो चरणमा आएर बैंक पीडितहरु र लघुवित्त पीडितहरु पनि मेडीकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा नेपाल भर आन्दोलित भएकाछन । वास्तवमा देशको हालत दलका नेताहरुको लागि सम्हाली नसक्नु भईसकेको अवस्था पुगेकोछ । यस्तो अवस्था नेपालमा त्यतिकै एकासी आएको भने होईन । पहिलेका शामन्ती पीडकहरु नै नेपालका राजनीतिक दलहरु भित्र प्रवेश गरी कोही नेता र कोही राजनीतिक कार्यकर्ता बनेर नेपाली जनताको चरम शोषण गर्दैछन । उहाँहरु सबै सत्तामा बसेका राजनीतिक दलहरुको नै नेताहरु र राजनीतिक कार्यकर्ताहरु भएको हुँदा कानुनी कार्यबाहीबाट सजिलै आफ्नो बचाउ गरीरहेकाछन ।
दलहरुको भेषमा उपद्रो मचाउने यस्ता नवशामन्तीहरुबाट नेपाली जनतालाई बचाउने कोहि छैन किनकि यतिबेला रक्षक नै भक्षक बनीरहेकाछन । भ्रष्टचार र अपराध कार्यमा संलग्न ठुला नेताहरुलाई कानुन नै संसोधन गरी गरी बचाउनका लागि एकथरी अपराधिक मनोवृत्ति भएका दलका नेताहरु नै नेपालमा कानुनी राजको स्थापना गर्नको लागि ठुलो चुनौती बनेकाछन । दलका नेताहरु भ्रष्टाचार र अपराधको कामाईबाट मोटाउँदै जाने अनि नेपाल राष्ट्र र नेपाली जनता भने दुव्लाउँदै जाने अवस्था नेपालमा बिद्यमान भएकाले त्यसलाई राजनीतिक परिवर्तन नै ल्याएर हालत बदल्न नित्यान्त जरुरी भएको नेपाली जनतालाई महसुस हुन थालेको छ ।
दलका ठुला नेताहरुले नेपालको कानुनलाई धोती लगाउँदा नेपालमा अराजकता फैलिएको छ र यदि यस्तै ठुला नेताहरुको अराजक गतिविधिलाई नै लोकतंत्र, संघियता र गणतंत्र भन्ने हो भने पुरानो राजतंत्र र पञ्चायत व्यवस्थालाई फर्काउन उचित हुन्छ भन्न नेपाली जनताले थालेकाछन । धर्म मान्ने कुरा आयो कि दलका नेताहरु हामी कम्युनिष्ट हौ धर्म मन्दैनौ भन्छन । आफु कम्युनिष्ट पार्टी भएको देखाउनकै लागि दलका नेताहरुले वैदिक सनातनी हिन्दूधर्मलाई हटाएर त्यसको ठाउँमा धर्मनिरपेक्षतालाई स्थापित गरेकाछन । त्यतिले मात्र आफैलाई सन्तोष बनाउन नसकेको हुँदा दलका नेताहरु सक्रिय रुपमा नै ईसाई धर्म फैलाउने काममा संलग्न भएकाछन ।
दक्षिण कोरियाली ईसाई धर्मको नेपालमा प्रचार प्रसार पूर्व प्रधानमंत्री ओली र पूर्व प्रधानमंत्री माधव कुमार नेपालले कोरियाली ईसाई धर्मगुरु स्वर्गिय मुनको सुक्रकिट हालिएको होलीवाईन पिएर सुरु गरेका थिए । कोरियाली ईसाई धर्म माथि देखाएको सदासयता र त्यसको प्रचारमा गरेको योगदानको कदर स्वरुप तत्कालिन प्रधानमंत्री ओलीलाई एक लाख डलरको पुरस्कार पनि स्वर्गिय कोरियाली ईसाई धर्म गरु मुनको पत्नी श्रीमति मुनको हातबाट प्रदान गरिएको थियो ।
यस्ता दलका शीर्ष नेताहरुबाट आफ्नै पिता पुर्खाले मानीआएको सनातनी वैदिक हिन्दूधर्मको बिनास गर्ने काम भएको छ भने बिदेशीको धर्मलाई नेपालमा स्थापित गर्ने गराउने कामहरु हुँदै आएकाछन । यस्ता धर्म छाडा, शिद्धान्त छाडा, नीति छाडा दलका नेताहरुले नेतृत्व गरेको नेपाल राष्ट्र र नेपाली जनताको कहिले पनि भलो नहुने देखिन्छ । नेपालको इतिहासलाई मेटाउन खोज्ने, धर्म साँस्कृतिलाई मेटाउने, र सम्पदाहरु भत्काउनेहरुले जति सुकै ठुलो प्रतिबद्धता जनाएपनि त्यो पुरा गर्न नसक्ने हुँदा त्यो विश्वासनीय हुँदैन । आफ्नो शिद्धान्त र नीतिलाई त्यागेर पुँजीवाद स्वीकार गरी सत्तामा पुगेका नेपालका कम्युनिष्टहरुले संसदलाई संसदीय दलदल भन्दै आएकाछन । नेपाली जनताले त शिद्धान्त र नीतिलाई हेरी नेपालका कम्युनिष्टहरुलाई भोट हालेका हुन ।
पुँजीवादलाई स्वीकार गरी सत्तामा रमाएर बस्नेहरुलाई नेपाली जनताले कम्युनिष्ट नमान्ने हुँदा तिनीहरुलाई भोट हालेका होइनन् । नेपालका कम्युनिष्टहरुले नै नेपाली जनतालाई यसरी नै बारम्बार झुक्याउने गरेकाछन । नेपाली जनतालाई खसीको टाउको देखाएर दलहरुले कुकुरको मासु बचेर खुवाएकाछन । यस्ता दलहरुलाई कम्युनिष्ट मान्नु वा भन्नु नेपाली जनताको ठुलो गल्ती हो । अप्राकृतिक गठबन्धन गरी सत्तामा पुगेका कम्युनिष्टहरुले बनाएको नेपाल सरकारले नेपाली जनतालाई भोट हाल्ने बेलामा र सरकारी कर उठाउने बेलामा मात्रै सम्झिने गरेकाछन ।
अरु बेलामा अन्य पुँजीवादी दलहरु सरह नै नेपाली जनतालाई कम्युनिष्ट नेताहरुले पनि भेडा नै मान्दै आएकाछन । कम्युनिष्टहरुले पुँजीवाद स्वीकार गरी सोही अनुसार राजनीतिक अभ्यास पनि गर्दै आएको हुँदा नेपाली जनता पुँजीवादी दलदलमा जाकिन पुगेकाछन । शामन्ती सँस्कारको नयाँ रुपमा मिटर व्याजी, सहकारी, निजी बैंक, लघुबित्तका ठगहरु निसकेका छन । त्यस्ता व्याक्ती र संस्थाहरुले कमसल प्रस्तावहरुमा लगानी गरी ऋण बोकाएर डुबाउने र पीडितहरुको धितो कव्जागरी सुकुमबासी बनाउने व्यापार व्यवसाय नै चलाएकाछन । कम्युनिष्ट नामधारी दलका नाफाखोर नेताहरुले नेपाली जनताको गाँस, बास र कपासलाई नै नाफा कमाउने व्यपार व्यवसाय बनाएकाछन ।
नेपाली जनताको जुन सावलको समाधान खोज्छौ भनी प्रतिबद्धता जनाएका थिए त्यहि सवाललाई नै नाफा कमाउने आफ्नो पेशा बनाएकाछन । यस्ता नक्कली कम्युनिष्टहरुलाई नेता मानेर पछि लागेका नेपाली जनता यतिखेर जील खाँदै पश्चतापको आगोमा जल्दै छन । नेपालका उच्चजातीहरुले मात्रै अहिले सम्म नेतृत्व गर्दै आएको नेपालको कम्युनिष्ट पार्टीहरुको असली रुपलाई देखेर संसारका सर्वहारा कम्युनिष्टहरुको शीर लाजले झुकेको छ । कम्युनिष्टहरु समाजवादी अनि साम्यवादी भएर मात्रै पुँजीवादी हुन सक्छन तर नेपालको जस्तो एकैचोटी पुँजीवादी बनेको उदाहरण संसारमा कतै छैन । नेपालका कम्युनिष्टहरुको यस्तो हर्कतले नेपालमा पुँजीवादी दलदल तयार भएको छ जसमा डुबेर नेपालको कम्युनिष्ट आन्दोलन नै लोपहुने अवस्था पुगेको छ ।