गगनको उत्ताउलोपन छताछुल्ल

राजनीति समाचार

काठमाडौं । कांग्रेसभित्र भुँइफुट्टा प्रवृत्ति चर्काे छ । भ्रष्टाचारी, तस्कर र माफियाको विरुद्ध कठोर हुन नसक्ने कांग्रेसहरु गोदावरी भेलामा मैमत्त भए । तर मुल जिम्मेवारी केन्द्रीय समितिलाई दिएको छ । व्यक्तिको स्तुति गाउन एमालेले गरेको सुरुवाती कांग्रेस र माओवादीमा चरम भएको छ । भुँईफुट्टा वर्गले पार्टीलाई कब्जा गर्दा संगठन विस्तार गरेको पुराना नेता, कार्यकर्ता छुटेका बारेमा महामन्त्री गगन थापाको चासो थिएन । पार्टीका संस्थापक नेताहरु विपी, गणेशमान, कृष्णप्रसाद भट्टराईको सादा जीवन उच्च विचार, स्व.गिरिजाप्रसाद कोइरालाको हातमा पार्टी र सत्ता पुगेपछि कांग्रेस भ्रष्टाचारी र माफियाको जालोमा फस्यो ।

गगनको चुरीफुरीले कांग्रेस सरकारबाट हट्यो । अहिलेको महासमिितमा कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतसमेतको प्रतिवेदनलाई सहभागीहरुले देशअनुसारको भेषका रुपमा लिएका थिए । तर गगनको एक्लो हुँकार २०८४ मा कुनै दलसँग सहकार्य नगर्ने प्रस्ताव राख्दा सबैलाई आश्चर्य बनाएको छ । किनकि त्यो आउन ४ वर्ष बाँकी छ । सरकारबाट पार्टी हटेको छ ।

उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्का सरकारमा रहेका बेला उनीहरुको मन्त्रालय तहमा त्यति गुनासो देखिएन । तर स्वास्थ्य मन्त्री मोहन बस्नेत, अर्थमन्त्री डा.प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजालका कामले देशको हालत कस्तो बनायो त्यसतर्फ चासो दिइएको छैन ।

यो बैठकमा सरकारले गरेका राम्रो काम भ्रष्टाचारीलाई उदांगो बनाएको तस्करी नियन्त्रण गरेको सरकारले गुमेको भूमि फिर्ता गराएको मिटरब्याज साहुकरको ठगीमाथि छानबिन गरेको नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा खानेको पर्दाफास गरेको, एनसेलको कर प्रकारण उदांगो बनाएको, मेलम्चीमा लुटको भण्डाफोर गरेको मात्र होइन, मुलुकको परिवर्तनका लागि लडेका दलहरुको विरोध गरेर एकाएक संसदमा चौथो दल बनेको रास्वपाका अध्यक्ष रवि लामिछानेको लुट उदांगो बनाएकोमा कांग्रेस गर्व गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *