अख्तियारले शहरीका कर्मचारीलाई १३ पाने भराउदैँ

राजनीति समाचार

काठमाडौं । शहरी विकास मन्त्रालय सिता गुरुङले सम्हालेको करिब वर्षदिन नपुग्दै उनको जागिर गएको छ । जागिर मात्र गएको छैन मन्त्रीले गरेको कामको विषयलाई लिएर अख्तियारले १३ पाने भराइरहेको छ । १३ पाने भराएपावत कुन कुन कर्मचारीको जागिर जाने हो त्यो पनि निश्चित छैन । भवन विभागका तत्कालीन महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले गत फागुन १९ गते उमेर हदको कारण अवकश पाइसकेका छन् । यतिबेला आएर भवन विभागको महानिर्देशकको पद खाली रहेको छ ।

तर, नयाँ गठबन्धन सरकार बनेपछि शहरी मन्त्री को बन्ने भन्ने निश्चित छैन । शहरी विकास मन्त्री रास्वपाले पाउनुपर्ने दाबी पनि गरिरेहको छ । रास्वपाले शहरी विकास मन्त्रालय पाएको खण्डमा कसलाई महानिर्देशक बनाउँछ त्यो पनि यकिन छैन । भागबन्डामा कुन पार्टीले पाउने हो त्यो पनि निश्चित छैन । शहरी विकास मन्त्री जुन पार्टीको बनेपनि भवन विभागको महानिर्देशक मन्त्रीले बनाउने हुन् तर कसलाई बनाउने हुन् त्यो पनि निश्चित छैन ।

तत्कालीन महानिर्देशक सुरेन्द्रमोन श्रेष्ठलाई अख्तियारले छानबीन गर्ने भएको छ । भवन विभागको ठेक्का लगाउँदा कन्सल्टेन्सीसँग अनियमित गरेको आरोपमा उनलाई छानबीन गरिदँैछ । अन्य सहसचिवहरुलाई पनि १३ पाने भराएर छानीबन गरिरेहको छ । सहसचिव पदम मैनाली, कुमार घिमिरे र आयोजना प्रमुखहरुलाई १३ पाने भराएर छानबीनको दायरामा ल्याउँदैछ ।

उता तत्कालीन मन्त्री सिता गुरुङ पनि छानबीन घेरामा नपलिर्न भन्न सकिँदैन । एकातिर अर्थतन्त्रकै कारण विकास निर्माणको काम अलपत्र परेको छ भने अर्काेतिर भ्रष्टाचारको कमिसन नमिल्दा कर्मचारी र विचौलियाहरुबीच टसल हुन थालेको छ । अख्तियारले १३ पाने भराए तापनि के कस्तो कारणले भराएको हो भनि तामाकोशीसन्देश संवाददाताले प्रश्न गर्दा किन हुनु सबै आयोजना र विभागमा ठेक्कापट्टा लगाउँदा सार्वजनिक खरिद ऐन भन्दा बढि कमिसनको लोभमा फस्दा १३ पाने भराइएको हो भन्दै मन्त्रालयका एक कर्मचारी बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *