कर्मचारीभित्र धनवाद र डनवाद हावी

राजनीति समाचार

काठमाडौं । सामान्यतया उपसचिवबाट सहसचिवमा उक्लदा होस वा सहसचिवबाट सचिव बढुवा हुँदा होस पहिलो पोष्टिङ प्रदेशका कार्यालयमा गर्ने प्रचलन छ,निजामतीमा । तर कृष्णहरि पुष्कर,मधु मरासिनी लगायतका शक्तिकेन्द्रसँग सिधै पहुँच भएका कर्मचारीलाई सिंहदरबारको चौघेरा छोडेर तल झर्नु पर्दैन । हालैमात्र २९ जना उपसचिवहरु सहसचिवमा उक्लिए । माधव नेपालको नाम बेचेरै र तर्साएर मोहन घिमिरेजस्ता डन कर्मचारीले १८ महिनादेखि सिंहदरबार छोड्नु परेको छैन ।

हाजिर गरेको भरमा तलब खाइरहेका छन्,सामान्य प्रशासनकै अतिरिक्त समूहमा बसेर । उनै घिमिरेले पर्यटन मन्त्रालयमा हुँदा आफ्ना बुबा आमाको नाममा शालिक बनाउन मन्त्रालयबाट एक करोड रकम लगेको चर्चा निजामती वृत्तमा ताजै छ । निजामती प्रशासन कि त डनवाद वा धनवादमा चलिरहेको छ । यस्तै डनवादी १३ कर्मचारीले सिधै सिंहदरबारमै पहिलो पोष्टिङ भेट्टाएका छन् । शुरुमा गोपाल कोइराला र मीमास अधिकारीलाई बूढानिलकण्ठ दरबारले च्याप्दा महिनौ दिनसम्म २९ सहसचिवको पोष्टिङ्ग नै रोकिएको थियो ।

महिनौं दिन लगाएर उपसचिवबाट सहसचिवमा उक्लिएका उनीहरुको पोष्टिङ टुंग्याउँदा १४ सहसचिवहरु सरुवामा परेका छन् । सरुवाको सूची अनुसार एकै पटक १२ जना गृहमा भित्रिएका छन्,ती अधिकांश प्रमुख जिल्ला अधिकारी बन्न गृहमा पुगेका हुन । सरकारले ४३ सहसचिवहरुको सरुवा गर्दा १३ सहसचिवहरुले सिंहदरबार र वरपरकै निकायमा (गृह,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लोकसेवा आयोग,शहरी र सामान्य प्रशासन)मै पदस्थापनको अवसर पाएका छन् । शक्तिकेन्द्रहरुसँग नजिक भएका १३ सहसचिवहरुको पदस्थापन पाइँरहदा बाँकी १६ जनालाई प्रदेशतिर खटाइएको छ ।

सरुवा हुँदा सिधै गृहमा पदस्थापन पाउने सहसचिवहरुमा खिमबहादुर रायमाझी,नारायण ढकाल,नरबहादुर थापा,नारायण ढकाल,ध्रुब बहादुर खड्का,झण्डै एक दशकदेखि समय सामान्य प्रशासनमा बसेर रजगज गरेका रामुराज कडरियादेखि ऋृषिराज आचार्यले पनि गृहमा प्रवेश पाएका हुन । यस्तथै सूर्यबहादुर खत्रीले पनि गृहकै जिम्मेवारी पाएका छन् । यीमध्ये केही सिडियो बन्नेछन् । यस्का अलवा रुद्रमान सिंह तमाङ मेलम्ची काण्ड लागेर निलम्बन परेसँगै अध्यागमन विभाग महानिर्देशकविहिन छ ।

गृहकै केही महाशाखाको प्रमुखहरुको जिम्मेवारी हेरफेर हुने बताइएको छ । यता उमेर हद लागेर घर जान लागेका जयबहादुर भण्डारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि उपसचिव हुँदा त्रिवि भन्सार हुँदै राजश्व अनुसन्धान विभागमा पुगेका विनोद लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गत पदस्थापन गरिएको छ । सम्भवत उनलाई राजश्वतिरै पठाइने छ । यस्का अलवा,विष्णुप्रसाद ज्ञवालीलाई सामान्यको अतिरिक्त समूहबाट सामान्यमै थन्काइएको छ ।

गोपीकृष्ण कोइराला र सन्तोष दाहाल लोकसेवा आयोग वा अन्तर्गत पदस्थापन भएका छन् । प्राविधिक तर्फका माधवजंग कार्की र भीमार्जुन पाण्डेलाई शहरी विकास मन्त्रालयमा पठाइएको छ । उता,सिन्धुलीका काँग्रेसी कर्मचारी भुपाल बराल ज्ञानेन्द्र कार्कीहरुको दबाबमा आन्तरिक राजश्व विभागको महानिर्देशक बनेर गएकोमा उनको कुर्सी पनि धरमर गर्न पुगेको छ । मुख्यसचिव बैकुण्ठ अर्याल जोडिएको टेलिकम काण्डमा उनी पनि मुछिएका छन् । अख्तियारले बैकुण्ठलाई प्रतिवादी बनाएर मुद्धा चलाएको खण्डमा ज्ञानेन्द्र कार्कीका दाहिने हात मानिएका सहसचिवद्धय भुपाल बराल र उत्तरबहादुर खत्रीको जागिर धरापमा पर्ने बताइएको छ ।

यसैबीच भन्सार कार्यालयबाट अर्थ हुँदै प्रकाशशरणले त्रिवि भन्सारमा खटाएका सेवन्तक पोखरेल महिना दिनदेखि खटाइएको ठाउँमा जान अटेरी गर्दै आइरहेका छन् । यसरी खटाएको ठाउँमा नगई बरण्डामा बसेर घाम तापेरै तलब खाने कर्मचारीको संख्या अहिले ५० भन्दा बढी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *