काठमाडौं । पहिले त्यस्तो थिएन । देशमा लोकतन्त्र आयो । दलित, जनजाति, लोपोन्मुख वर्ग, पिछडिएको शक्तिले ठाउँ पाए । क्षेत्री, ब्राम्हण, ठकुरी वर्ग पछाडि पारियो । विश्वमा आएको समावेशीताको हावाले नेपालमा डलरको खेती चलायो । समाजका जाने बुझेका सुकिला, मुकिला, कानून जानेकाले र पढेलेखेकाले डलरको खेती गरे । अहिले प्रहरीमा एआईजी दुई जना, डिआईजी पाँचजना महिला छन् । एसएसपी र एसपी मात्र होइनन्, डिएसपी र इन्स्पेक्टरहरु पनि धेरै छन् ।
नेपाल प्रहरीको सिंगो संरचनामा ८९९८ जना महिला छन् । २०५२ सालमा प्रहरीले महिला सेल खडा ग¥यो । त्यसमा ६९९ जना महिला कार्यरत छन् । समाजमा लैंगिक हिंसाको नियन्त्रण गर्दा महिलासँग महिलाको कुरा मिल्छ । प्रहरीका हाकिमहरु कारबाहीमा पनि परेका छन् । प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा जति सशक्त र निष्पक्ष बन्न सक्नपर्दथ्यो, त्यो छैन । राजनीतिक दबाब जति प्रहरी, सशस्त्र र गुप्तचरमा छ त्यो नेपाली सेनामा छैन ।
निजामती कर्मचारी र शिक्षक प्रध्यापन क्षेत्र त राजनीतिक दलकै दबदबामा छ । त्यो मात्र होइन रोगीको उपचार गर्ने मानव सेवाको क्षेत्रमा कार्यरत चिकित्सकसमेत कांग्रेस रस एमालेको नजरमा परेका छन् । नेपाल प्रहरीलाई निष्पक्ष काम गर्न दिइँदैन, त्यसैकारण अपराध बढाउने काम भएका छन् ।
फौजलाई स्वतन्त्र रुपमा चल्न देउ । प्रहरी ऐन र नियमावलीअनुसार काम गर्न दिने हो भने नेपालका जुनसुकै अपराधको निष्पक्ष रुपमा छानबिन गर्न प्रहरीले सक्छ । तर दलका नेताको स्वार्थ जोडिएका घटनालाई छानबिन नगर्ने प्रवृत्ति हावी छ । प्रहरी भित्र पनि त्यो दबाब प्रतिवाद गर्न सक्ने हैसियतका हाकिम छैनन् ।
नेपाल प्रहरीमा कांग्रेसी दबदबा नियन्त्रण गर्ने प्रहरी भित्रकै ऐन कानूनको प्रयोग समय अनुकूल बन्नुपर्ने हो । तर कांग्रेसले त्यो चाहँदैन । गृहमन्त्री कांग्रेस बन्नासाथ नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरीमासमेत भानु देउवाका ज्वाइँहरु रमाएका छन् ।