भेदभाव र शोषणरहित समाजको निर्माण गरी त्यसलाई सही दिशा दिने काम राजनीतिक नेतृत्वको हो । नेपालमा हाल उत्पन्न भएको भद्रगोल र गञ्जागोल परिस्थितिको लागि नेतृत्व वर्ग नै मुख्य रुपले जिम्मेवार छन । नेपालमा सबैले राम्रै उद्देश्य र लक्ष राखेर व्यापार र व्यावसायहरु खोलेको भएतापनि नेपालमा बिकसित भएको राजनीतिक घटनाक्रमले सबैलाई गलत बाटोमा लाग्न बाध्य तुल्याएको छ ।
व्यापारीहरु र व्यवसायीहरुको मन सरकारी कर समयमा तिरौ भन्ने नै छ तर नेपालमा बिकसित परिस्थितिले गर्दा समयमा सरकारी कर तिर्न सक्दैनन् र कर छली गर्न बाध्य हुन्छन् । व्यापारीहरु र व्यवसायीहरुले आफ्नो कमाई अनुसार नै सरकारी कर तिर्ने हुन तर नेपालमा कमाउन सक्ने परिस्थिति बिद्यमान छैन । नेपाल सरकारले भने बिगत देखि नै कर बढाउँदै लगेको हुँदा नेपालमा व्यापार र व्यवसाय चलाएर गरीखानको लागि मुस्किल बन्दै गएको हो । राजनीतिक नेतृत्व सित जोडिएका व्यापारीहरु र व्यवसायीहरुले नेपालमा राम्रो उन्नती गर्न सफल भएका छन भने अन्यहरुको दुर्गति नै भईरहेको छ ।
नेपालका लगानी कर्ताहरु उद्योगमा भन्दा व्यापारमा लगानी गर्न रुचाउछन । त्यो किन भने नेपालमा अझ पनि व्यापारबाट लाभ कमाउन सकिने परिस्थिति कायम छ । व्यापारमा सजिलै करछली गर्न सकिने र मनलाग्दी दरभाउ राखेर नाफा कमाउन सकिने भएकाले नै हो । यसको ठीक उल्टो हालत नेपालको उद्योगको क्षेत्रमा कायम रहेको छ । नेपालमा चलाएका उद्योगहरुबाट व्यवसायीहरुले कमाउन सक्ने परिस्थिति कायम छैन । त्यसो भएको हुँदा नेपालका उद्योगीहरुले आयात व्यापारमा जोड लगाउँदै त्यता लगानी गरी त्यसबाट कमाएको मुनाफाले आफ्नो उद्योगहरुको खर्चलाई पनि धानीरहेका छन ।
भाटभटेनी जस्तो व्यापारिक संस्थाले आयात व्यापारबाटै मुनाफा कमाएर नेपाल भर २७ वटा शाखाहरु खोल्ने सफलता पाउनुको पछाडिको गुड रहस्य पनि यहि नै रहेको छ । आयात व्यापारबाट मुनाफा कमाउन पनि सकिने, झमेला पनि कम र सरकारी करछली गर्न पनि सजिलो भएको हुँदा त्यसबाट कमाउने धन्दामा नेपालका सवै व्यापारीहरु र व्यवसायीहरु लागेकाछन । नेपालका राजनीतिक दलहरुले अहिले सम्म नेपालमा स्थिर सरकार बनाएर चलाउन सकेका छैनन् ।
त्यसकारण नेपालमा भ्रष्टाचारजन्य विसंगतिहरु धेरै बढेको हुँदा नेपालको अर्थतंत्रले सन्तुलन गुमाईसकेको छ । सहकारीहरु, बैंकहरु र लघुवित्त लगायत अन्य वित्तिय संस्थाहरु खोली चलाएकाहरु नै अहिले लुकीलुकी भागीभागी हिड्नु पर्ने परिस्थित नेपालमा आईसकेको छ । राम्रै उद्देश्य र लक्षको साथ खोलिएका सहकारीहरुले यसरी दुनियाँलाई ठगेर कंगाल बनाउँला भन्ने कल्पना पहिले कसैले पनि गरेको थिएन ।
खोल्ने स्वयमले पनि एक दिन आफै अपराधी बनेर जेलको हावा खानु पर्ला वा भागेर बिदेशमा पुगी लुक्नु पर्ला भन्ने कुरा पक्कै पनि सोचेको थिएन । नेपालमा बिकसित राजनीतिक परिस्थिति र घटनाक्रमले नेपालमा अपराधिक गतिविधिलाई बढावा दिएको हुँदा पवित्र सहकारी अन्दोलन नै नेपालमा दुर्गण्धित अपवित्र बनीसकेको छ । नेपालको दलिय राजनीतिक नेतृत्वले यस्तो परिस्थित आउन सक्ला भनी बेलैमा रोकथामका उपायहरु नगर्दा अहिले नेपालको हालत नराम्रोबाट झन नराम्रो बनीसकेको छ । यस्तो विकराल परिस्थितिको सिकार भने आम नेपाली जनता भएकाछन । अस्थिर नेपाल सरकार र असन्तुलित मुलुकको राजनीतिले जन्माएका विकराल परिस्थितिले नेपालको आर्थिक संकटलाई झन बढाउँदै लगेको हुँदा नेपाल राष्ट्र टाट पल्टिने अवस्थामा पुगेको छ ।
यस्तो अवस्थाबाट नेपाल राष्ट्र र नेपाली जनतालाई फर्काएर टाट पल्टिनबाट बचाउन सक्ने दलहरुबाट बनेको राजनीतिक नेतृत्व सक्षम छैन । कसैले कसै माथि सबै द्वोषहरु थुपारेर आफु स्वच्छ भएको देखाउन सकिने परिस्थित अहिले नेपालमा बनेको छैन । सबका सब हामी नेपाली जनता द्वोषी छौ त्यसकारण दलका नेताहरु माथि मात्रै द्वोष थुपारेर उम्किन सकिने अवस्था छैन ।
नेपालको राजनीति असन्तुलित हुन र अस्थिर नेपाल सरकार बन्नुको पछाडि मुख्य रुपले नेपाली जनता आफै जिम्मेवार छन । दलहरुले फैलाएको भ्रममा परी वा त्यसको पछाडि लागि एक छाक मासु भातमा बिकेर गलत व्यक्तिलाई भोट खसालेको हुनाले नै नेपाली जनता र नेपाल राष्ट्रले गलत नेतृत्व पाएका हुन । त्यहि गलत नेतृत्वको कारणले नै आज नेपाल राष्ट्रको अस्तित्व र पहिचान नै जोखिममा परेकोछ । अब पनि नेपाली जनताले लगातार गल्ती गर्दै गए वा दलहरुले फैलाएको भ्रमजालमा फँस्दै गएमा भोलीका दिन नेपाल भन्ने देश र नेपाली भन्ने मानव सभ्यताको अस्तित्व नै समाप्त हुन केही बेर लाग्ने छैन ।
अहिले नेपालको अर्थतंत्रमा जंगली कानुनको बर्चस्व कायम रहेकोछ । प्राकृतिक वैज्ञानिक डार्विनको शिद्धान्त “सर्भाईबल आफ दी फिटेस्ट“ को प्रभावमा यतिखेर नेपालको अर्थतंत्र परेकोछ । चलाक चतुरहरुले अरुलाई ठगेर वा अरुको गाँस खोसेर नै नेपालमा कुस्त कमाईरहेका छन । त्यस्ताहरुलाई तहलगाएर ठिक ठाउँमा राख्न नेपाल सरकारले सकीरहेको छैन किनकि त्यस्ता ठग लुटेराहरु प्रभावसाली राजनीतिक व्यक्तीहरुको संरक्षण लिएर बसेका हुन्छन । गायक पशुपति शर्माको गीतमा उल्लेख भएका सबै बोलहरुले नै नेपालका नेताहरुको पोल सबै खोलीसकेको हुँदा त्यसलाई यहाँ दोहर्याउन जरुरी छैन । नेपालको अहिलेको जटिल अर्थतंत्रमा बाँच्न योग्य तिनै ठग लुटेराहरु नै देखिएका छन । आम नेपाली जनताको हालत भने पतला भईसकेको हुँदा दलका नेताहरु प्रतिको बिद्रोहको तापले स्वयम जल्दै छन ।
दलका नेताहरुले नै नेपाली जनतालाई काम गरी खान दिएका छैनन् । केहीलाई आफ्नो झोले बनाएर आफु संगै हिडाएका छन भने केहीलाई गुण्डागर्दी दलाली गरी अरुलाई त्रसाएर धम्काएर गुजारा गर्ने आधिकार दिएकाछन । सानो लगानी गरी सानोतिनो फुटपाथे पसल गरी पैसा कमाएर गुजारा गर्दै आएकाहरुलाई जीबिका चलाउने अन्य विकल्प बिना नै फुटपाथबाट हटाउने काम भएकाछन ।
त्यसैगरी सानो लगानी गरी ठेलगाडामा बिहान बेलुका फास्ट फुड बनाउँदै बेच्ने र ठेलगाडामा नै तरकारी लगायत अन्य दैनिक उपभोगका सामाग्रीहरु राखी व्यापार गर्दै आएकाहरुलाई पनि बिना विकल्प नै हटाउने काम भएका छन । यस्तो अभ्यासले माध्यम र निम्न वर्गकाहरुले पैसा कमाउन पाईरहेको छैनन् । सहर र सहरको चौडा सडकहरु धनीको लागि मात्रै भएको छ भने गरिब निमुखाहरु बिस्थापित भएकाछन । भन्नको लागि त केन्द्रमा सर्वहारा वर्गलाई आफ्नो भन्ने कम्युनिष्ट दलहरुकै नेतृत्वमा सरकार छ तर उक्त दलका नेताहरु व्यवहार र अभ्यासले सबै पुँजीवादीहरु कै दलाल बनीसकेका हुँदा दिन दुःखी नेपाली जनताको माया उहाँहरुलाइ पटक्कै छैन ।
दलका शीर्ष नेताहरुले आफ्नो नेतृत्वमा बनेको नेपाल सरकारको पालामा नेपालमा भएको बिकासलाई उदहरणीय भनी प्रचार प्रासर गर्दै आएकाछन । तर त्यो बिकासले नेपाली जनतालाई नेपालमा नै बस्न सक्ने परिस्थिति निर्माण गर्न सकीरहेको छैन । नेपालको गाउँघर मात्र होइन सहरपनि सुन्य नै पारी सक्षम ताप्काका नेपाली युवायुवतीहरु संसार भरका बिकसित मुलुकहरु तिर गुणस्तरीय जीवनयापनको खोजीमा बसाई सरीरहेकाछन । दैनिक रुपमा ३००० युवायुवतीहरुले बिकसित मुलुकहरुमा गएर काम गर्दै अध्ययन पनि सुचार गर्नको लागि नेपाल सरकारबाट स्वीकृति लिने गरेकाछन ।
त्यस्तै प्रकारले बार्षिक २० लाखको हाराहारी वैदेशिक रोजगारीमा पनि नेपालीहरु खाडी, मलेशिया लगायत अन्य मुलुकहरुमा गईरहेका छन । दलहरुले नेपालमा गरेको बिकासले नेपलामा नै नेपाली युवायुवतीहरुलाई रोजगारी दिएर रोक्न सकेको छैन । दलहरुले नेपालमा गरेको बिकासले नेपाली जनतालाई नेपालमा नै रोजगारी दिन नसक्दा नेपालीहरु कामको खोजीमा बिभिन्न बिदेशी मुलुकहरुमा जान बाध्य भएकाछन । यस्तो बिकासलाई वास्तविक रुपमा बिकास नै हो भन्न सुहाउँदैन । यो त बिकास नभएर नेपालको बिनास नै हो जसबाट प्रभावित भएर नेपाली जनता बिदेशिनु पर्दैछन ।
नेपालमा सक्रिय राजनीतिक दलहरुको नेतृत्व वर्ग अमेरिका लगायत पश्चिमी मुलुकका नेताहरुबाट प्रभावित छन । उक्त बिदेशी नेताहरुको सामु नेपालको राजनीतिमा सक्रिय दलका नेताहरुको हैषियत पुँजीवादी दलालको जस्तो मात्रै हो । अन्तर्राष्ट्रिय मुद्रा कोष र बिश्व बैंकको निर्देशन अनुसार नेपालका दलाल पुँजीवादी नेताहरु चल्ने गरेकाछन । राष्ट्रको नाममा बिश्व बैंकबाट ऋण गरी गरी घीउ पिउन नेपालका नेताहरु पल्केको महसुस नेपाली जनतालाई भईरहेको छ ।
पश्चिमका बिकसित मुलुकमा सफल मानिएको पुँजीवादी अर्थ व्यवस्था नेपालमा पनि सफल हुन्छ भनेर सोच्नु दलका नेताहरुको ठुलो गल्ती हो । दलका नेताहरुलाई त्यस्तो के बाध्यता पर्यो जसको दबाबमा आएर पश्चिमी मोडेलको पुँजीवादी अर्थिक व्यवस्थालाई कुनै संसोधन बिना नै नेपालमा कपी पेस्ट गरी चलाउँदै आएकाछन । पश्चिमेलीहरुको खर्च गर्ने आदत र लगानी गर्ने सैली नेपालको भन्दा आकास पालतले नै फरक छन । त्यसकारण नेपालमा पुँजीवादी अर्थतंत्र असफल भएको हुँदा नेपाल राष्ट्र आर्थिक संकटमा परी टाट पल्टिने अवस्थामा पुगेको हो ।
नेपाली जनताको खर्च गर्ने आदत र लगानी गर्ने सैली अनुसार नेपालको लागि समाजवादी अर्थ व्यवस्था नै सबै भन्दा उत्तम हुन्छ । नेपालमा पुँजीवादी अर्थ व्यवस्था सफल हुनको लागि महत्वपूर्ण मानिएको स्वतंत्र बजार र कानुनी राजको अभाव रहेको हुँदा दलहरुले नेपालको बिकास गरी नेपाल राष्ट्रलाई समृद्ध बनाएर नेपाली जनतालाई सुखी तुल्याउन असफल भएकाछन । दलका शीर्ष नेताहरु आफ्नो राजीखुसीले नै बिदेशीको लहैलहैमा लगेर पुँजीवादीका दलाल भएको हुँदा यो बाध्यता नभएर दलहरुको राजनीतिक असफलता नै हो ।