पत्रकारको रुवाबासी

राजनीति समाचार

काठमाडौं । राजनीतिक आडमा संचार मन्त्रालयअन्तर्गत संस्थान र समितिमा कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक बनेर रजाइँ गरेका कांग्रेसका पत्रकारहरुको जागिर जाने भएको छ । विगतमा पार्टी सरकारमा हुँदा राजनीतिक नियुक्ति लिएका उनीहरुले नैतिकताका आधारमा राजीनामा दिनुपथ्र्याे । चुनावी सरकारका बेला कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन हुँदा संचारमन्त्री कांग्रेसका गएका कारण रेडियो, टेलिभिजन, गोरखापत्र र राससमा नियुक्ति लिएका विष्णु सुवेदी, धर्मेन्द्र झा, समिरजंग शाह संचार मन्त्रालय माओवादीले लिएपनि पद छाडेका थिएनन् ।

शाह रेडियो नेपालका कर्मचारी हुन भने विष्णु सुवेदी अन्नपूर्ण दैनिकका कामदार थिए । नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा शुद्ध श्रमजीवी हुन् । दक्षिण भक्त उनी स्व.सुशिल कोइरालाले मधेसी कोटाबाट सांसद बनाउने गरी तयारी भएपछि अन्नपूर्ण पोष्टबाट राजीनामा दिएर सडकमा आए । तर उनलाई विमलेन्द्र निधि र आनन्द प्रसाद ढुंगानाले बार लगाएपछि सांसद बन्न पाएनन् । एमालेले संचार मन्त्रालय लिन्थ्यो भने उनीहरु मन्त्रालय तानिएका हुन्थे ।

माओवादीमा पत्रकारभन्दा नेताको चाकडी गरेर खाने लेख्न दंग नभएकाहरुको जमात छ । त्यो जमातले जनयुद्धका बेला अघिपछि लागेका बाहेक अरुलाई न त राजनीतिक नियुक्तिमा सघाउँछ न त सरकार प्रेस काउन्सिजस्ता संस्थाबाट दिइने पुरस्कार र सम्मानका लागि सहयोग गर्छन । महासंघको चुनाव आउँदा हात जोड्ने चुनाव जितेपछि लात्ताले हान्ने क्रान्तिकारी संगठनका रुपमा प्रेस सेन्टरलाई चिनिन्छ ।

संस्थागत रुपमा सेन्टरले समेत आफ्नो पार्टीको संचारमन्त्री हुँदा कुनै काम गर्दैन । गोरखापत्रमा अध्यक्षको रुपमा प्रवेश गरेका सुवेदीले संस्थागत सुधारमा सिन्को भाँचेका छैनन् । टिकाराम राई प्रेस विज्ञ हुँदा सुधारिएको संरचना भनेर चार महिना देखिको तलब रोकेर राखेको अवस्था छ । यस्तै बेथिति टेलिभिजनमा समीरजंग शाहले चलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *