चारको सपना उडायो हुरीले

राजनीति समाचार

काठमाडौं । काम गर्न नसके पनि ज्योतिषीले छैठौं पटक प्रधानमन्त्री बन्ने बताउँदा फुर्केका कांग्रेस सभापति शेरबहादुर देउवालाई जस्तो बेचैन उनकी श्रीमती डा.आरजु देउवालाई पनि छ । ठूलो नेताको श्रीमती भएकाले अर्थतन्त्रका बेथितिमा आरजु जोडिएकी पात्र हुन् । १५ महिनासम्म कांग्रेसले स्वास्थ्य, अर्थ, उद्योग तथा आपूर्ति मात्र होइन, परराष्ट्र मामिलामा समेत असफलता हासिल भयो ।

भ्रष्टाचार र अटेर गर्ने मन्त्री हटाइदेउव सरकारलाई जनताको पक्षमा काम गर्ने गरी अगाडि बढौं भन्दै प्रधानमन्त्रीले सभापतिलाई भन्दा डा.आरजुले नै बाधा पु¥याइन । आरजुको धनगढीको घर मर्मत गर्न प्रदेश सरकारले १३ लाख ३५ हजार दिलाउनु यो देशमा आरजु कस्ती व्यक्ति हुन् देखायो । संसदको कृषि समितिको सभापति बन्न डा.आरजुलाई लाज भएन । यस्तै सपना चकनाचुर हुने नेकपा एकीकृतका अध्यक्ष माधव हुन् । माओवादीले काँध हाल्दा संघीय संसदमा १० सिट जितेपनि जस नदिएको एकीकृतका व्यापारी र ठेकेदार तहका सांसदलाई सरकारमा जानै पर्ने थियो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी सत्तामा नहुँदा संगठन कमजोर भएको प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्दा अध्यक्ष केपी ओली तर्सेका छन् । पौडेलको भनाईबाट एकाएक प्रधानमन्त्री प्रचण्डलाई नै दिएर उपप्रधानमन्त्रीसहिति आठ मन्त्रालय लिएर सरकारमा गएर कार्यकर्ताको मनोबल बढाउँदा मसालकी दूर्गा पौडेलको राष्ट्रिय सभाको संसद बन्ने सपना तुहिएको छ । संघीयता नमान्ने तर सत्ता र शक्तिको आडमा रमाउने नेकपा मसाललाई गत वर्ष माओवादीकै बलमा एक जना राष्ट्रिय सभा सदस्य दिलाइएकै छ । चुनाव हारेपछि त्यो कार्यकालमा पुन सांसद हुनु गैरसंवैधानिक हो । तर मसाललाई त्यसले छोएन ।

मोहन विक्रमलाई कबोलमा छिराएर प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनबाट सांसद बनाउने भनेपनि अब त्यो सम्भव छैन । नेकपा एमाले र माओवादीले अध्यक्ष र उपाध्यक्ष लिने सहमति गरेका छन् । कांग्रेसले धोका दिँदाको फल फलेको छ । देशले वामपन्थी एकता र सहकार्य खोजेको छ । यो मौकालाई जोगाउनेकी भत्काउने एमाले अध्यक्ष एमाले अध्यक्ष केपी ओलीको हात प्रमुख बन्दैछ । कार्यकर्ता र जनताको चाहनामा वामशक्ति लाग्नु अहिलेको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *