काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले पूर्वप्रहरीका राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्ति गरेकी छिन् । भण्डारीलाई श्रममन्त्रीसँगै खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । तर, खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको हप्तादिन नपुग्दै भण्डारीलाई खानेपानीबाट हटाएकी छिन् । खानेपानी मन्त्रालयमा वन मन्त्री प्रदिप परियारलाई जिम्मेवारी दिएकी छिन् । भण्डारीले श्रममन्त्रालय सम्हालिरहेका छन् ।
भण्डारी मन्त्री भएको दुई हप्ता नपुग्दै निर्वाचनलाई सहयोग गर्नुप¥यो भन्दै म्यानपावर कम्पनीहरुबाट चार करोडभन्दामाथि असुली धन्दा गरेको कर्मचारी स्रोतले उल्लेख गरेको छ । मन्त्री भण्डारी पूर्वप्रहरी भएकाले म्यानपावर कम्पनी सञ्चालकहरुको कालाकर्तुत थाहा पाएको कारणले तुरुन्त मन्त्रीको भनाइअनुसारको सहयोग मिलेको बताइन्छ । उता, वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक कमल भट्टराईलाई हटाएर संघीय मन्त्रालयकी सह–सचिव मीरा आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाइएको छ । आचार्यलाई महानिर्देशक बनाउन प्रधानमन्त्री शुशिला कार्कीले श्रममन्त्री भण्डारीलाई आदेश दिएको बताइन्छ ।
वैदेशिक रोजगार विभागमा आचार्य महानिर्देशक भएपछि ईपीएस कोरिया शाखामा कार्यरत दिदी नाता पर्ने विन्दा आचार्यलाई वैदेशिक रोजगार विभागको प्रशासन शाखामा ल्याएकी छिन् । बिन्दा रहेको ईपीएस कोरिया शाखामा वैदेशिक रोजगार विभागका टिकाराम ढकाललाई सरुवा गरिएको छ । मिरा आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशक भएपछि तत्कालीन सरकारका पालामा रहेका कर्मचारुहरुलाई हटाएर धमाधम आफन्तहरुको भर्ती केन्द्र बनाएकी छिन् । खिलराज राई श्रम स्वीकृति शाखामा, उपसचिवद्वय कृष्णकुमारी गौली तिवारी र राहत तथा उद्दार शाखामा र राजेश्वरी खत्री सापकोटालाई आचार्यले विभागमा सरुवा गरेर लगेकीथिइन् । जीटूजी शाखाका लब जोशीलाई सामान्य प्रशासनको अतिरिक्त शाखामा र उपेन्द्र पौडेललाई गृहमन्त्रालय सरुवा गरिएको थियो । तर उनीहरुले प्रशासकीय अदालतमा सरुवा बदर गरिपाउँ भनि निवेदन गरेका थिए । प्रशासकीय अदालतले उनीहरुलाई यथास्थितिमा राख्न आदेश दिएपछि महानिर्देशक आचार्य विलाखाबन्धनमा परेकी छिन् ।
तर, व्यक्तिगत श्रम स्वीकृति शाखामा कार्यरत शान्ति पौडेल, संस्थागत श्रम स्वीकृति शाखाकी शान्ता बस्नेलगायतलाई भने सरुवा गरिएको छैन् । उनीहरु विगत ३ वर्ष अगाडिदेखि सोही शाखामा कार्यरत छन् । अझ् शान्ति पौडेल त व्यक्तिगत श्रम स्वीकृति शाखामा बसेर विभिन्न देशका लागि रहेका दूतावाससँग समन्वय नगरी प्रतिकामदार २५ देखि ३० हजासम्म असुल्ने गरेको बताइन्छ । त्यसैगरी संस्थागत श्रम स्वीकृति शाखाकी शान्ता बस्नेतले बिनाघुस कुनै काम नगरेको बताइन्छ । बस्नेतले म्यानपावर कम्पनीहरुसँग मिलेमतो गरी असुली धन्दा चलाइरहेको पीडितको गुनासो छ ।
पहिला वैदेशिक रोजगार विभागका कर्मचारीहरुले महिनावरी तथा हप्तावरी रुपमा मन्त्री र सचिवलाई खामबन्दी बुझाउनुपर्ने थियो । तर, अहिले मन्त्री आफैले म्यानपावरका सञ्चालसँग डिल गर्ने गरेको छन् । उता, म्यानपावर कम्पनीहरुबाट खुलमखुला वैदेशिक रोजागर विभागका महिला कर्मचारीहरुले उठ्ती धन्दा चलाउने गरेको एक म्यानपावर व्यवसायीले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् ।
त्यसैगरी अन्तिम स्वीकृति शाखाका अधिकृत तोरण पराजुली, नविन सुवेदी, तोपलाल भुसाल, सुरेश श्रेष्ठ, विरेन्द्र राज शाही, राजन घिमिरे, लक्ष्मण गुरागाई, उमेश बस्नेत, खेम बुढाथोकी र राजेन्द्र दाहाललाई अख्तियार र सम्बन्धित निकायले छानबिन गर्ने तयारी गरिरहेका छ । पराजुृलीका कालाकर्तुत पहिलादेखि तामाकोशी सन्देशले पर्दाफास गर्दै आएको छ ।यसरी वैदेशिक रोजगार विभागको महानिर्देशक बनेकी मिरा आचार्यले महत्वपूर्ण शाखामा आफ्ना मान्छे फिट गरेर अन्य कर्मचारीहरुलाई दायाँबाँया गरेको खण्डमा जागिरसमेत खाइदिने धम्की दिने गरेको कर्मचारी स्रोतले उल्लेख गरेको छ ।

