ट्रम्पद्वारा युक्रेनलाई सैन्य सहयोगमा रोक

विविध समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् ।

ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग भएको तनावपूर्ण बैठकको केही दिन पछि ट्रम्पले यस्तो निर्णय गरेका हुन् । ब्लुम्बर्गका अनुसार यसले युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी देशको समर्थन अनिश्चित बनेको छ ।ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् । संयुक्त राज्य अमेरिकाले अहिले युक्रेनलाई दिइरहेको सबै सैनिक सहयोग रोक्ने निर्णय गरेको छ।

यो सहयोग युक्रेनी नेताहरूले शान्तिप्रति ईमान्दार प्रतिबद्धता नदेखाएसम्म रोकिने ट्रम्पले बताएका छन् । हवाइजहाज तथा पानीजहाजमार्फत पठाइँदै गरेका हतियारहरू र पोल्यान्डमा ट्रान्जिट क्षेत्रमा रोकिएका सामग्रीहरू पनि समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *