लम्बियो नेमकिपाको आठौँ महाधिवेशन

राजनीति समाचार

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन लम्बिएको छ । सोमबार महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ ।

महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । सोमबार को बन्द सत्रमा पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको नेमकिपाका सदस्यहरुले जानकारी गराएका हुन् । महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *