बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा १२० जना महिलाले मङ्गलबार पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये आठ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ ९भीआईए० परीक्षण गरिएको हो । भीआईए पोजेटिभ देखिएका आठ महिलाको तत्कालै उपचार सुरु गरेर छ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको शाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *