काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोमा उनले असन्तुष्टि जनाएका छन् ।
शिक्षामन्त्री भट्टराईले केही समयअघिमात्रै अप्रेसन गरेको भन्दै शिक्षा मन्त्रालय ठूलो मन्त्रालय नभए पनि काम गर्न सजिलो पनि नभएको बताए ।प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताएका छन् ।