काठमाडौं । पर्यटन बोर्डका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभामा गत माघ २७ गते प्रस्तुत भएको तथ्याङ्कले यस वर्षको पुस महिनासम्म झण्डै पाँच लाख ८० हजार पर्यटक नेपाल भित्रिएको सार्वजनिक गरेको छ । यो गत वर्षको तुलनामा केहीले बढी हो । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९ सय ४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।