ओडिसामा नेपाली छात्राको मृत्यु प्रकरणबारे सांसद्मा उठ्यो आवाज

देश/विदेश राजनीति समाचार

काठमाडौं । भारतको ओडिसा राज्यस्थित एक कलेजमा भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणले नेपाल र नेपालीहरूको स्वाभिमानसँग जोडेर सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा आवाज उठाइ रहेका छन् ।

मंगलबार राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण दाहालसहित सांसदहरूले आकस्मिक समयमा बोल्दै भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयलाई सरकार तर्फ ध्यान केन्द्रित गराएका छन् । विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकोले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन् ।

यो विषयमा आवाज उठाउने नेपाली विद्यार्थीहरूमाथि गलत व्यवहार भएको सांसदहरूले देशको स्वाभिमान विडमबनाका साथ निहुरिएको बताउँदै उडिसा घटनाबारे सरकारले छिटो भन्दा छिटो पहली कदम उठाउन समेत ध्यानाकार्षण गराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *