यस्तो छ कर्मचारी ट्रेड युनियनको माग
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गरेका छन् ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग सहित ७२ घण्टाभित्र आफ्नो माग सम्बोधन गर्दै अल्टिेमेट समय पनि दिएका हुन् ।
७२ घन्टाभित्र माग सम्बोधन भएर निजामती कर्मचारी विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने नेपाल निजामती कर्मचारी संगठनले जनाएको छ । निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ । त्यसै दिन नै संसद्मा विधेयक पेस हुने वातावरण बन्नुपर्ने उनिहरुले माग राखेका छन् ।
कर्मचारी ट्रेड युनियनका नेताहरूले ऐन निर्माणमा दबाब दिन आन्दोलनमै जानुपर्ने अवस्था नबनाउन पनि आग्रह गरे । बैठकमा ट्रेड युनियनका नेताहरूले ट्रेड युनियन अधिकार, वृत्ति विकास, समायोजन, सरुवा प्रणाली, अन्तरतह समन्वय, अस्थायी करारको मागसम्बन्धी, स्थानीय तहको पदस्थापन, स्वास्थ्यी र संसद् सेवा कर्मचारीसम्बन्धी, अतिरिक्त सचिवको व्यवस्थालगायतका १० बुँदे माग राखेका छन् ।