काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा रोकिएको छ ।
स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् ।सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर आयोजनाकै कारण चर्किएको भन्दै त्यहाँका स्थानीयवासीले क्षतिपूर्ति माग राखी काम अवरोध गरेका छन् ।
आयोजनाको कारणले नभएर गत असोजमा धादिङको सिस्नेखोलामा आएको बाढीले ती ठाउँका केही घरमा क्षति पुगेको हो । तर घरधनीले क्षतिपूर्ति माग गर्दै काममा अवरोध गर्दै आइरहेका छन् ।