काठमाडौं । माधव नेपाललाई प्रधानमन्त्री दिनुभन्दा बरु माओवादी अध्यक्षले नै एक वर्ष प्रधानमन्त्री पद खाउन भन्ने भित्री मक्सद एमाले अध्यक्ष केपी शर्मा ओलीको थियो । त्यसैकारण कांग्रेसको लुटबाट दिक्क भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एमालेका एकता पक्षधर नेताहरुले माओवादीसँग निरन्तर सम्पर्कमा रहे ।
प्रधानमन्त्री दाहालले आफुपछि १० सिट एकीकृत समाजवादीका अध्यक्ष माधवलाई प्रधानमन्त्री सुम्पने र मोहन विक्रमकी श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभा सांसद बनाउने धुनमा थिए । तर यी दुबै कुरा एमालेका अध्यक्ष केपीलाई चित्त बुझ्दो थिएन ।
अब माधवले भाउ खोज्ने ठाउँ भएन । किनकी प्रचण्ड र ओलीबिचमा भएका भित्री सहमति कसैलाई थाहा छैन । दोस्रो पुस्ताले मिसन ०८४ मा वामपन्थी एकता हुने लगभग निश्चित भयो । संघीयताको विरोध गर्ने फल भने खाने मोहनविक्रम सिंहजस्तो धुर्त सिद्धान्तकारलाई मिसन ०८४ मा वामपन्थीले साथ नदिने गरी छोड्न सक्छन् ।
डा.बाबुरामजस्ता विद्वान चिप्लँदै जाँदा माओवादीको टिकटमा चुनाव लड्न बाध्य भए समाजवादी बाटोमा जान लक्ष्य र उद्देश्य लिएका उपेन्द्र यादव नेत्र विक्रम चन्दसँगको सम्बन्धले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा अर्थ राख्दैन । यादवले घुक्र्याएर मधेश प्रदेशको सरकार टिकाउने नाममा अशिक्षा र रुढीवादी संस्कार हटाउन सकेका छैनन् । खाए खा नखाए घिच भन्ने व्यवहार माधव र उपेन्द्रमा मात्र होइन नेकपा मसालसम्ममा प्रवेश गरेको छ । गठबन्धनमा सहभागी नभए पनि स्थिति झन् प्रतिकुल हुने देखेर जबर्जस्त स्वीकार गर्न उनीहरु बाध्य छन् ।