कर्मचारीकै भरमा स्थानीय निकाय

राजनीति समाचार

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले युवा सहसचिव प्रदीप परियारलाई टिपेर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत त बनाए तर उनको कमजोरी फेरि देखिन थालेको छ । ३२ बर्षमै सहसचिव बनेका उनको असक्षमता शहरी विकास मन्त्रालयमा हुँदा नै देखिएको हो । सीता गुरुङले टपक्क टिपेर शहरी विकास मन्त्रालयमा मात्र पु¥याइनन कि प्रदीपलाई कर्मचारी प्रशासनको हर्ताकर्ता बनाइन । उनै प्रदीपले ३५ बढी करारका कर्मचारीमध्ये कसैको सम्झौता रिन्यु गरे,कसैको गरेनन् ।

आफू निकटका करार कर्मचारीको मात्र नवीकरण गरेको र अरुको रिन्यु नगरेको बिषयले टसल पैदा भयो । स्थायी कर्मचारीको सरुवामा गडबढी गरिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमै पुग्यो । उनै प्रदीप अहिले काठमाडौंका मेयरका दाहिने हात बनेर भित्रिएका छन् तर वालेनको अड्डाका अधिकांश विभाग निमित्तकै भरमा चलिरहेको छ । जसरी देशभरका २६४ स्थानीय तह निमित्तको भरमा चलिरहेको छ उसैगरी बालेनको कार्यालयका आधा बढी विभागमा निमित्तकै राज छ ।

काठमाडौं महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित २९ वटा विभाग छन्,तीमध्ये आधा निमित्तको भरमा चलिरहेको छ । स्वास्थ्यका हाकिमलाई गलहत्याएपछि विभागको नेतृत्व सजिना महर्जनले गरिरहेकी छिन् । यस्तै शिक्षा विभागको नेतृत्व पनि निमित्तकै भरमा छ । शिक्षाका विभागीय प्रमुख सीताराम कोइराला हटाइएसँगै सरस्वती पोखरेलले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेकी छिन् । बालेनको अर्काे हात मानिएकी छिन् शान्ता पहाडी । यस अघिका हाकिम नूरनिधि न्यौपानेलाई हटाइएपछि पहाडीको काँधमा निमित्तको जिम्मेवारी सुम्पिइएको छ ।

काठमाडौं महानगरपालिकाको अर्काे महत्वपूर्ण मानिएको सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यको सार्वजनिक निर्माण विभागमा सरूवा भएसँगै त्यो ठाउँमा अर्चना श्रेष्ठ (शाक्य) लाई ल्याइएको छ । त्यो विभागको काम भनेको नक्सापास र घरको मापदण्ड हेर्ने समेत उक्त विभागको काम हो । यस्तै सामाजिक विकास विभागका गोपाल पोखरेल बढुवा भएर हेटौंडा उपमहानगरपालिका पुगेपछि विमला कोइरालाको काँधमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्का अलवा सम्पदा तथा पर्यटन विभाग निमित्त प्रमुखको जिम्मेवारी अहिले इरू श्रेष्ठ,सुमित्रा लामिछाने सुवेदी अहिले महानगरको योजना, अनुगमन तथा मूल्यांकन एकाईको निमित्तको जिम्मेवारी दिइएको छ । यी त केही उदाहरण मात्र हुन । बालेनले आफ्नो अड्डाको कमाण्ड गर्ने जिम्मेवारी दिने कर्मचारी पाउन सकेका छैनन् । निमित्तकै भरमा अहिले वालेनका अधिकांश विभाग चलिरहेको छ । यस्लाई मेयर वालेन साह र प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कमजोरी र निकम्पापन हो भन्दैछन्,त्यहाँका कर्मचारीहरु नै । कतिसम्म भने वालेन साह र प्रदीप परियारहरुले रामप्रसादले कमजोरी गरे भनेर आठौं तहमा कार्यरत कानुनकी कर्मचारीको जिम्मेवारी खोसेर करारका कर्मचारीबाट काम लगाइरहेका छन् ।

एकातिर स्वीकृत दरबन्दी भएको कर्मचारीलाई जिम्मेवारी नदिइ तलब दिने,अर्काेतिर करारका कर्मचारी भर्ती गर्दा राज्यको लाखौं रकम वालुवामा पानीझैं बगिरहेको छ । त्यही एक जना न्यायधीशको श्रीमतीलाई एकै बर्षमा दुई तह बढूवा गरेर अहिले हर्ताकर्ता बनाइएको भेटिएको छ । यस्तो बिषयमा अख्तियार र महालेखाले के हेरिरहेको छ ? भन्ने प्रश्न गर्दछन्,महानगरकै कर्मचारीहरु । त्यहाँ १० जना भन्दा बढी सल्लाहकारको भीड लगाएर राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *